Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महोत्तरीको एकडारा सहीत गाँउ गाँउमा श्रद्धा पुर्बक कृष्ण जन्माष्टमी मनाईदैँ

प्रतिक्षा खबर
२०७९ भाद्र ३, शुक्रबार २२:२५

गोपाल झा
महोत्तरी, भदौ ३ गते
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्मोत्सब महोत्तरीको एकडारा सहितका गाँउ गाँउमा मनाईदै छ ।
भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले आज शुक्रबार रात्री जाग्राम बसेर कृष्ण जन्माष्टमी पर्व मनाई रहेका छन् ।
हिन्दु धार्मीक शास्त्र पुराण अनुसार भाद्र महिनाको कृष्ण पक्षको राती अष्टमी तिथिमा रोहीणी नक्षत्र परेकोबेला असुर राज कन्सको कारागारमा भगवान बिष्णु देबकीको गर्भबाट श्री कृष्णको रुपमा जन्म लिनु भएको सम्झनामा हिन्दूहरूले आज रात भरी जाग्राम बसीे पूजा-आराधना गर्दे श्रद्धा-भक्तिपूर्वक श्री कृष्ण जन्माष्मी मनाई रहेका छन् ।
कृष्ण जन्माष्टमीलाई गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।
जन्माष्टमीका दिन महोत्तरीका एकडारा , मनरा , गौशाला , जलेश्वर , सानमा लगायतका गाँउ सहरको बिभिन्न चौकहरुमा माटोले बनाईएको राधा , कृष्ण बासुदेव , गणेश लक्षमी सहीतका प्रतीमाहरु राखेर पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उनका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए ।
कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ सम्पूणर् प्रतीक्षा खबर न्यूज परिवार

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर