Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

मधेशमा बढ्यो व्यक्ति हत्या शृङ्खला, ६ महिनामा ३६ को हत्या

प्रतिक्षा खबर
२०८१ पुष ८, सोमबार २०:५१

८ पुस, जनकपुरधाम । शनिबार एकाबिहानै एकपछि अर्को व्यक्ति हत्याको घटनाले मधेश प्रदेशभरि सनसनी फैलियो । महोत्तरीमा शनिबार पूर्व वडासचिव सुशील झाको डाँका समूहबाट हत्या भएको घटना सेलाउन नपाउँदै बारामा सिमरा विमानस्थलका सुरक्षा गार्ड राजकुमार रुम्बाको हत्या गरिएको अवस्थामा कारभित्र शव फेला पर्‍यो ।

महोत्तरीको मनवरासिसवा नगरपालिका-४ साढाका ७० वर्षीय झाको डाँका समूहले लुटपाट गर्ने क्रममा हत्या भएको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार मुक्का प्रहार गरी झाको हत्या भएको देखिएको छ ।

शनिबार बिहान ४ बजेको समयमा ७/८ जनाको संख्यामा पुगेका लुटेरा समूहले घरमा लुटपाट गर्दै पूर्ववडासचिव झाको हत्या गरेको प्रहरीले जनाएको छ । झाको हत्यापछि डाँका समूहले घरमा रहेको सुनको गरगहना र नगद ८० हजार रुपैयाँ समेत लुटेर लगेको थियो । अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

यो घटना बाहिरिएकै केही समय पश्चात बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ मा बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत फेला परे ।

उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले पुष्टि गरेको छ । तिवारीसँग गाडी मागेर बाहिर निस्केका उनी शनिबार बिहान मृत फेला परेका थिए । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक चीरञ्जीवी दहालका अनुसार मृतक रुम्बाको टाउकोमा केही वस्तुले प्रहार गरिएको चोट देखिएको छ । उनको हत्या नै भएको प्रहरीको अनुमान छ ।

रुम्बाको शव पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने र घटना विषयमा थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

जनकपुरको दुर्गा मन्दिर परिसर, जहाँ हत्या गरिएको अवस्थामा वृद्धको फेला परेको थियो ।

झा र रुम्बाको हत्या भएको अघिल्ला दिन शुक्रबार बिहानै जनकपुरधामको मुरलीचोकस्थित दुर्गा मन्दिरमा एक वृद्धको हत्या भएको अवस्थामा शव फेला परेको थियो । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा ६१ वर्षीय अरुणकुमार झाको ईंटा प्रहार गरी हत्या भएको थियो ।

धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार घटनास्थलमा रक्सीको बोतल, चुरोटका ठुटा, चप्पल, रगत लागेको ईंटा फेला परेको थियो । सामान्य वादविवाद पछि ती वृद्धको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

वृद्ध हत्याको अघिल्लो दिन बिहीबार अपराहन्न मात्र धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्दाहाको पर्शुराम तलाउस्थित बोराभित्र एक युवकको शव फेला परेको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सडेगलेको अवस्थामा ३० वर्षीय युवकको शव फेला परेको थियो । युवकको घाँटीमा डाम देखिएकाले हत्या गरेर बोरामा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ । मृतकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

गत आइतबार मात्रै सर्लाहीमा ढुंगा प्रहार गरेर घाइते एक महिलाको मृत्यु भयो । लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले सर्लाहीकै ईश्वरपुर नगरपालिका–१२ घारीबथान बस्ने ४८ वर्षीय वीरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरबहादुरले २८ मंसिर राति ढुंगा प्रहार गर्दा विष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज आइतबार लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

पछिल्लो घटनाक्रमलाई हेर्दा मधेशमा शृङ्खलाबद्ध जघन्य हत्याको घटना भइरहेको छ ।

धनुषामा मात्रै एक महिनामा चार जनाको हत्या भएको छ । व्यक्ति हत्याका घटना बढिरहँदा मधेशका सर्वसाधारण त्रसित बनेका छन् ।

महोत्तरीको एकडारा गाउँपालिका-२ का घनश्याम झा चोरीडकैतीको क्रममा व्यक्ति हत्या हुँदा स्थानीय त्रसित रहेको बताउँछन् । ‘डकैतीसँगै हत्या पनि गर्छन् । स-साना विवादमा पनि हत्या गर्ने प्रवृत्तिले समाज असुरक्षित बनेको छ’ उनले भने’ ‘कति बेला कसको कहाँ हत्या हुन्छ थाहा छैन ।’ अपराध न्यूनीकरण गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन गाउँगाउँमा पनि प्रहरीले गस्ती बढाउनुपर्ने उनको सुझाव छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पछिल्लो ६ महिनामा मधेश प्रदेशमा ३६ जनाको हत्या भएको छ । जसमा २४ जना पुरुष, १० जना महिला र दुईजना बालबालिका छन् ।

प्रहरी तथ्यांक अनुसार यो अवधिमा सर्लाहीमा ६ जना, बारा र महोत्तरीमा ६/६ जना, धनुषा र सिरहामा ५/५ जना, रौतहटमा ४ जना, सप्तरीमा ३ र पर्सामा १ जना छन् ।

हत्या हुनेमा सर्लाहीमा ४ पुरुष र २ महिला छन् । यस्तै सिरहामा ५ जना पुरुष छन् भने महोत्तरीमा ३ महिला, एक बालिका र २ पुरुष छन् । बारामा पुरुष ३ र महिला २ जना र एक बालक रहेको तथ्यांकमा उल्लेख छ ।

यस्तै धनुषामा ३ पुरुष र २ महिला, रौतहटमा ३ जना पुरुष र एक महिला रहेका छन् । त्यस्तै सप्तरीमा ३ जना महिला र पर्सामा १ पुरुष रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराले उपलब्ध गराएको तथ्यांकमा छ ।

पछिल्लो पटक भइरहेको जघन्य हत्या घटनालाई अपराध बढेको भन्न नसकिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराको तर्क छ ।

‘कहिलेकाहीँ एउटा घटना भयो भन्दैमा अपराध बढ्यो वा घट्यो भन्न सकिंदैन’ उनको तर्क छ । तर सानातिना कुरामा हत्या गर्ने प्रवृत्ति बढेकाले त्यस तर्फ गम्भीर हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका-२ मा बोराभित्र राखिएको अवस्थामा युवकको शव भेटिएको स्थान ।

‘लुट्ने उद्देश्यले आएका छन् । मान्छे मारेका छन् । यो त जघन्य अपराध हो । यस्तो घटनालाई गम्भीर नै मान्नु पर्छ,’ उनले भने ।

पर्साको बहुदरमाई नगरपालिका-२ बस्ने प्रेम शाह घटनाहरूमा प्रहरीलाई मात्र दोष दिएर नहुने तर्क गर्छन् । ’खुला सीमा, बेरोजगारी, जनचेतनाको अभावको कारणले पनि व्यक्ति हत्या र अपराधको घटना बढेको छ । समाज असुरक्षित बन्नुमा सरकारको कमिकमजोरी छ,’ उनी तर्क गर्छन् ।

स्थानीय समाजसेवी प्रकाश थारु समाज उच्छृङ्खल गतिविधि गरिरहेकाहरूबाट असुरक्षित बन्दै गएको बताउँछन् । ’प्रहरीको कमिकमजोरी त छ नै । समाजमा उच्छृङ्खल गतिविधि गर्ने, अपराध गर्नेको संख्या बढ्दै छ,’ उनले भने ’अपराध बढ्नुमा जनचेतनाको अभाव देखिन्छ । सावधानी अपनाउनु आवश्यक छ ।’

प्रहरीले अपराध न्यूनीकरण योजना बनाएर काम नगर्दा अपराध बढेको एक प्रहरी अधिकारी स्वीकार गर्छन् । उनी भन्छन्, ‘हत्या भएपछि अनुसन्धान हुन्छ । तर यस्तो घटना कसरी न्यूनीकरण गर्ने भनेर कार्ययोजना बनाएर प्रहरी संगठनले काम गरेको छैन । यो काम प्रहरीको प्राथमिकतामै छैन ।’

ती प्रहरी अधिकारीका अनुसार हत्याका घटना बढ्नुमा खुल्ला सीमा, आपराधिक मनोविज्ञान, तस्करी लगायतलाई बेवास्ता गर्नु, सीमामा वारपार गर्ने व्यक्ति र सवारीसाधनको रेकर्ड नहुनु, लागुऔषध, अनैतिक प्रेम सम्बन्ध, क्षणिक प्रेम सम्बन्ध लगायत कारण रहेका छन् ।

खुला सीमा एकातिर छ भने जनसंख्याको चाप बढिरहेको छ । प्रहरीले ठोस योजना बनाएर काम गर्न नसक्दा खुला बोर्डर, जनसंख्याको चाप, सामाजिक सञ्जाल, जनचेतनाको अभाव लगायतको कारण आपराधिक घटना बढेको सुरक्षाविद्हरूको विश्लेषण छ ।

नेपाल प्रहरीका पूर्व एसएसपी षडानन्दप्रसाद कुर्मी संघीयतासँगै प्रहरी परिचालनमा अलमल देखिएको बताउँछन् । मैदानमा राम्ररी काम गर्न नसकेको अवस्था छ । जनशक्ति थप्ने, वृत्ति विकास लगायतका कुराहरूमा ध्यान दिएर जानुपर्ने उनी बताउँछन् ।

साथै, अभिभावकले पनि परिवारका सदस्यको सुरक्षामा ध्यान दिनुपर्ने, जनचेतना फैलाउनुपर्ने लगायतका कामले अपराध न्यूनीकरण हुने उनी कुर्मी बताउँछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर