Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

महोत्तरीमा १७ जना,सहित प्रदेश २मा ७६जना काेराेना भाइरसकाे संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ जेष्ठ १५, बिहीबार ११:५०

प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकाे हाे
सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित हुनेहरुमा रौतहटको राजदेवीका २१ वर्षीय, २४ वर्षीय र ३० बर्षिय पुरुष छन् । धनुषाको जनकनन्दीनी- ४ का १९ वर्षीय पुरुष, धनुषाकै लक्ष्मनियाँ स्वास्थ्य चौकीमा रहेका २७, ५०, ४०, २०, २९, २२, १८, ४०, २०, ४८, १८, ५७, ४२ वर्षीय पुरुष, २९ र १४ वर्षीया महिला, ४ वर्षीया बालिकामा र पुरुषको नाम भएका तर फर्ममा महिला लेखिएको एकजनामा संक्रमण पुष्टि भएको छ ।
धनुषाको स्वास्थ्य कार्यालयका ३१ र ७० वर्षका दुईजनासँगै जलेश्वरका ४३, ५२, २२, २१, १८ वर्षीय पुरुषहरु र उमेर नखुलेको एकजना, महोत्तरीको जलेश्वरस्थित क्वारेन्टाइनमा रहेका ४५, १५, २१, ४५, २०, २२, १९, २०, ३२, २१, २६, २१ वर्षका पुरुषहरु, जलेश्वर पिपिएचएलका २२ वर्षकी महिलासहित १९, ३७, २१, ३१, २५ र २८ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ
त्यसैगरी सप्तरीको बोदेबसाईन ३० वर्ष, ४२ वर्ष, २१ वर्ष, ३० वर्ष, ३३ वर्ष, २९ वर्ष, १८ वर्ष, ३७ वर्ष, ३० वर्ष, १९ वर्ष, २७ वर्ष र ३७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । सप्तरीबाटै स्वाब संकलन भएकोमा पछिल्लो ३७ वर्षीय पुरुषको ठेगाना फर्ममा क्लियर नरहेको प्रयोगशालाले जनाएको छ ।
सिराहाको एल पथरीका १८ वर्षीय, बरियारपट्टीका २५, १८, ४०, २५ वर्षीय पुरुष र एकजना उमेर नखुलेका व्यक्ति संक्रमित रहेको राष्ट्रिय प्रयोगशालाले जानकारी दिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबासाईनका ४७ वर्षीय र विष्णुपुरका ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
बिहीबार बिहान मात्रै स्याङ्जामा ३ जना र नवलपुरका एकजनामा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । जसमध्ये १८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर