Advertisement
ताजा खबर
मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

☰

जनमतबाट निस्किएकाले घोषणा गरे जनस्वराज पार्टी

प्रतिक्षा खबर
२०८२ आश्विन ५, आईतवार १२:५२

५ असोज, जनकपुरधाम । जनमत पार्टीबाट निस्कासित भएका नेताहरुले जनस्वराज पार्टीको घोषणा गरेका छन् ।

असोज ३ र ४ गते जनकपुरधाममा भएको भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई.दिपक साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको हो ।

बैठकले पुराना दलहरू आत्मकेन्द्रित, विभाजनकारी मानसिकता बोकेका कारण जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीको गतिविधि अगाडि बढाउन डा. संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ ।

पार्टीका संयोजक डा.साह जनमतमा वरिष्ठ उपाध्यक्ष थिए भने आर्थिक विभाग प्रमुख बनेका यादव कोषाध्यक्ष थिए । अन्य विभागहरु चाँडै गठन गर्ने संयोजक साहले बताएका छन् ।

पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, सम्मानजनक अधिकार र अवसर, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिक लगायत विपन्न वर्गको सशक्तीकरण तथा स्थानीय स्वायत्तता सहितको कार्यकारी राष्ट्रपति प्रणालीलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर