Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

प्रतिक्षा खबर
२०८३ भाद्र २२, सोमबार २१:१८

२२ भदौ, बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रास्वपा सरकारमा आएपछि सुशासन हराएको आरोप लगाएका छन् ।

भैरहवामा सोमबार जसपा नेपालको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रास्वपा सरकारमा आएयता  भ्रष्टाचार र कमिशनतन्त्रको शैली मात्र फेरिएको टिप्पणी गरेका छन् ।

‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन् । तर, नयाँ शैलीमा नारा बनाइयो । रास्वपाले बहुमत पायो,’ अध्यक्ष यादवले भने, ‘तर, बहुमत पाइसकेपछि विकास र सुशासन हरायो ।’

जनताले अहिले पनि सुशासन नपाएको उनले टिप्पणी गरे । ‘अहिले पनि कुशासनै कायम छ । आज देश आर्थिक संकटमा परेको छ’, उनले भने ।

अध्यक्ष यादवले गरिब जनतामाथि करको भार थपिएको, कृषि, उद्योग र पर्यटन क्षेत्र खस्कँदै गएको र देश आर्थिक मन्दीको जोखिममा परेको बताए ।

विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको पछाडि लागेर सत्ताको खेलमा सहभागी हुनु नै  आफ्नो पार्टीको ठूलो गल्ती भएको उनले बताए ।

उनले भने, ‘त्यसको आत्मसमीक्षा गरी प्रदेश सांसदसहित २१ जनालाई कारबाही गरिएको हो ।’

अर्को प्रशंगमा उनले विकसित र शक्तिशाली राष्ट्रहरूले गरेको वातावरणीय प्रदूषणका कारण नेपाल जलवायु संकटको ठूलो जोखिममा परेको बताए । विकसित मुलुकहरूले उत्सर्जन गरेको कार्बनडाइअक्साइड र हरितगृह ग्यासका कारण हिमनदी पग्लिने दर बढेको र वातावरणीय सन्तुलन बिग्रिएको उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर