Advertisement
ताजा खबर
जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश जिल्ला सभापति शुभम् कुमार यादव र डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश कार्यक्रम चल्दै सोनमा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र नगर प्रहरीलाई साइकल वितरण मधेशको संघर्ष, उपेन्द्र यादवको राजनीतिक यात्रा र राष्ट्रिय परिवर्तनमा उहाँको योगदान मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने महोत्तरीको सोनमा–६ मगरथाना बजारमा रास्वपाको पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम हुने जसपा नेपाल कर्जन्हा नगर समितिको बैठकमा पार्टी गतिविधि तीव्र बनाउने निर्णय

☰

जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न

प्रतिक्षा खबर
२०८३ कार्तिक २६, बिहीबार १९:००

जनकपुरधाम । जनकपुरधामको पीडारीचोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैया निवासी २० वर्षीय नवीन चौधरी रहेको पहिचान खुलेको छ।

प्रत्यक्षदर्शीका अनुसार ढल्केबरतर्फबाट तीव्र गतिमा आएको बालुवा लोड टिपरले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चौधरी गम्भीर दुर्घटनामा परेका थिए। दुर्घटनाको दृश्यमा टिपरबाट पानी चुहिरहेको तथा बालुवा लोड गरिएको अवस्था देखिएको छ। टिपरको पछाडिको नम्बर प्लेटसमेत स्पष्ट रूपमा देखिएको छैन।

यस दुर्घटनाले जनकपुरधाम क्षेत्रमा टिपर सञ्चालन र ट्राफिक व्यवस्थापनको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। ढल्केबर, महेन्द्रनगर, लक्ष्मीनियाँ, मुजेलिया लगायतका स्थानमा ट्राफिक प्रहरी बिट रहे पनि बालुवा बोकेका टिपरहरू आवश्यक सावधानीबिना जनकपुर बजार प्रवेश गर्ने गरेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार दैनिक ठूलो संख्यामा टिपरहरू बालुवा खुला रूपमा बोकेर, तीव्र गतिमा तथा आवश्यक मापदण्ड पालना नगरी सडकमा सञ्चालन हुने गरेका छन्। यसका कारण पैदलयात्री तथा मोटरसाइकल चालकहरू बालुवाको धुलो, हिलो र उड्ने कणबाट समेत समस्यामा पर्ने गरेका छन्।

यसअघि पनि जनकपुर–ढल्केबर सडकखण्डको रमदैयामा यस्तै प्रकृतिको टिपर दुर्घटनामा एक बालिकाको ज्यान गएको थियो। दुर्घटनापछि केही दिन ट्राफिक जाँचमा कडाइ गरिए पनि पुनः पुरानै अवस्था दोहोरिने गरेको स्थानीयको आरोप छ।

टिपरको अनियन्त्रित गति, क्षमताभन्दा बढी भार, बालुवा ढुवानीमा लापरबाही तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन नहुनुले सडक सुरक्षामा चुनौती थपिएको छ। दुर्घटना भएपछि मात्र सक्रिय हुने प्रवृत्तिभन्दा दुर्घटना हुनुअघि नै प्रभावकारी निगरानी र नियन्त्रण आवश्यक रहेको नागरिकहरूको माग छ।

यसैबीच, टिपर सञ्चालक र ट्राफिक प्रहरीबीच आर्थिक लेनदेन हुने गरेको तथा मासिक रकम बुझाएपछि नियम उल्लंघनमा समेत बेवास्ता गरिने गरेको आरोपसमेत सार्वजनिक भएको छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। सम्बन्धित प्रहरी प्रशासनले यस विषयमा छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ।

नवीन चौधरीको मृत्युले फेरि एउटा गम्भीर प्रश्न खडा गरेको छ—सडकमा नागरिकको ज्यान सुरक्षित राख्ने जिम्मेवारी कसको हो? ट्राफिक नियम कागजमा मात्र सीमित राखेर हुँदैन, यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने स्थानीयको माग छ।

टिपरको गति नियन्त्रण, भार तथा ढुवानीको निगरानी, नम्बर प्लेट स्पष्ट राख्ने व्यवस्था र ट्राफिक प्रहरीको नियमित चेकजाँच प्रभावकारी बनाउन सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर