Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

भ्रष्टाचार नियन्त्रण गर्न नसके नेपालमा बङ्गलादेशको दुर्भाग्य फर्किन सक्छ : अर्जुननरसिंह केसी

प्रतिक्षा खबर
२०८१ श्रावण ३१, बिहीबार १८:०८
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न नसके नेपालमा बङ्गलादेशको दुर्भाग्य फर्किन सक्ने चेतावनी दिएका छन् ।  राताेपाटीसँग कुराकानी गर्दै उनले चर्चित भ्रष्टाचार काण्डलाई छानबिन गर्न सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा शक्ति सम्पन्न आयोग गठन गर्न सुझाव दिए ।

त्यतिमात्र प्रारम्भ गरिए जनतामा देखिएका निराशा धेरै हदसम्म कम हुने उनको अनुमान छ । ‘शेख हसिनाको पार्टीसँग दुई तिहाइ बहुमत थियो । आर्थिक वृद्धिदर झन्डै ७ प्रतिशत थियो । जीडीपी ग्रोथमा दक्षिण एसियाकै राम्रो देश थियो । तर किन पतन भयो ?’, शासन सत्तामा बस्नेले भ्रष्टाचार, राज्यको साधन स्रोत सीमित व्यक्तिको नियन्त्रण थियो । यी सबै कारण मानिसमा असन्तुष्टि बढ्यो । हामीले पनि आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न सकेनौँ भने बङ्गलादेशको दुर्भाग्य हामीमा फिर्किन सक्छ’ उनले भने ।

सरकार गठन भएको एक महिना पुग्दासमेत सरकारले न्यूनतम नीति तथा साझा कार्यक्रम बनाउन नसकेकोमा केसीले तीव्र असन्तुष्टि पोखे । साथै भ्रष्टाचार ऐन ०५९ को संशोधन गर्न बनेको विधेयकमा पाँच वर्षे हदम्याद राख्ने प्रावधान राखिएको पनि उनको विरोध थियो ।

‘सरकारको सुरुवाती काममा धेरै आशावादी हुने अवस्था छैन । मूलभूत रूपमा पाँच वर्षे हदम्यादका कुरा देखि भ्रष्टाचारका विभिन्न केसहरू ढाकछोप गर्ने खालको मानसिकता देखिएको छ । त्यसलाई अझै अध्ययन गर्न बाँकी छ । सरकार गठनको एक महिना पुगिसक्दा समेत पनि ७ बुँदे सहमति अनुसार सरकारको साझा न्यूनतम कार्यक्रम, सुशासन, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रणका विविध खाका अहिलेसम्म बन्न नसक्नु दुःखद कुरा हो’, उनले भने ।

साथै उनले बहुदलीय प्रणाली कांग्रेसको मूल्य र मर्यादा भएकाले दुई दलीय व्यवस्थामा जान नसकिने बताए । सरकार फेरिएसँगै कर्मचारी फेरबदलले प्रशासन क्षेत्रमा आतङ्क देखिएको भन्दै उनले विधि, कानुन बनाएर निश्चित मापदण्ड तय गरिनुपर्नेमा जोड दिए ।

यस्ता गतिविधिले सुशासन कायम हुन नसक्ने भएकाले कर्मचारी सरुवामा लोक हँसाइ नगरी नीतिगत निर्णयमा प्रस्ट हुन सरकारलाई सुझाव दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर