जसपा नेपाल कर्जन्हा नगर समितिद्वारा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाउने तयारी।
कर्जन्हा, सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपाल कर्जन्हा नगर समितिको अनौपचारिक बैठकमा नगरभित्र पार्टीको राजनीतिक तथा वैचारिक गतिविधि सञ्चालन र संगठन विस्तारका विषयमा गहन छलफल भएको छ।
बैठकले केही दिनभित्रै नगरस्तरीय औपचारिक बैठक आयोजना गरी पार्टीका औपचारिक तथा अनौपचारिक गतिविधि, जनसम्बन्ध र जनसम्पर्कका कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाउने निर्णय गरेको छ।
छलफलमा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य चन्देश्वर पासवान, मधेश प्रदेश समिति सदस्य अभरेन्द्र कुमार यादव, सिरहा जिल्ला कोषाध्यक्ष तथा कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मी श्रेष्ठ, नगर अध्यक्ष केशवप्रसाद साह र उपाध्यक्ष लक्ष्मेश्वर (चनन) यादवको उपस्थिति रहेको थियो।
त्यसैगरी वडा नं। ६ का अध्यक्ष प्रकाशमान श्रेष्ठ, वडा नं. ८ का अध्यक्ष शम्भुकुमार ब्यार, वडा नं. ११ का वडा सदस्य सुशील यादव तथा वडा नं. ३ का लालकिशोर यादव फोन संवादमा वडा नं. ९ का अध्यक्ष मो. मुस्तकिम र वडा नं. ११ का अध्यक्ष किस्मत राइ सहभागी थिएर्।
बैठकमा पार्टीको संगठनात्मक गतिविधिलाई निसक्रिय वनाएका वडा अध्यक्षहरुलाई पार्टिको विधान अनुसार कार्यवाहिको सिफरिस भएको तर पुनः संगठनमा सक्रिय हुने वाचा पत्र अनुसार कर्जन्हा नगरपालीकाका निर्वाचित वडा अध्यक्षहरुलाई पनः संगठनमा सक्रियता पुर्वक कार्यगर्न जिल्ला कार्यसमितिले पत्राचार गरेको छ ।







