महोत्तरी, २०८३ कार्तिक १८ गते।
महोत्तरीको बलवा नगरपालिकामा नेकपा (एमाले) वडा नं. ११ वडा कमिटीद्वारा आयोजित शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान एवं पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हजारौँ नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले एकआपसमा शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान गरेका थिए। साथै, पार्टीको संगठन विस्तार, आपसी एकता र राजनीतिक गतिविधिबारे समेत चर्चा गरिएको थियो।
सोही अवसरमा विभिन्न व्यक्तिहरूले नेकपा (एमाले) मा प्रवेश गरेको जनाइएको छ।
कार्यक्रममा हजारौँ कार्यकर्ताको उल्लेखनीय उपस्थितिले पार्टीप्रतिको उत्साह र संगठनात्मक सक्रियता झल्काएको आयोजकले जनाएको छ।







