Advertisement
ताजा खबर
महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित
महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित

बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

प्रतिक्षा खबर
२०८३ असार २१, आईतवार २३:४४

गोपाल झा ,महोत्तरी, असार २१ गते

महोत्तरी जिल्लाको बलवा नगरपालिका औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका नागरिकमध्ये ९६.४३ प्रतिशतले साक्षरताको मापदण्ड पूरा गरेपछि आइतबार आयोजित विशेष समारोहबीच नगरपालिकालाई साक्षर घोषणा गरिएको छ ।

नगरपालिकाको तथ्यांकअनुसार १५ देखि ६० वर्ष उमेर समूहका कुल २८ हजार ११९ जनामध्ये २७ हजार ११५ जना साक्षर बनेका छन् । निर्धारीत मापदण्ड अनुसार ९५ प्रतिशतभन्दा बढी साक्षरता हासिल गरेपछि बलवा नगरपालिकाले साक्षर नगरपालिकाको मान्यता प्राप्त गरेको हो ।            रतौली युवा क्लब, सेभ द चिल्ड्रेन तथा आसमान नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको साक्षरता अभियानलाई सफल बनाउन नगरपालिकाले विशेष रणनीतिका साथ काम गरेको थियो । अभियान सफल बनाउन नगरभित्र रहेका २४ वटा विद्यालयका शिक्षक तथा माध्यमिक तहका विद्यार्थीहरूलाई समुदायस्तरमा परिचालन गरिएको थियो । उनीहरूले घरदैलोमा पुगेर निरक्षर नागरिकलाई पढ्न, लेख्न तथा आधारभूत गणना सम्बन्धी सीप सिकाएका थिए ।

अभियान सुरु हुनुअघि नगरपालिकाले सबै वडामा निरक्षर नागरिकहरूको विस्तृत तथ्यांक संकलन गरी सोही आधारमा सिकाइ कार्यक्रम सञ्चालन गरेको जनाईएको छ । नेपाल सरकारले निर्धारण गरेका साक्षरताका १२ सूचकमध्ये कम्तीमा ६ वटा सूचक पूरा गर्नुपर्ने मापदण्डअनुसार शिक्षकहरूको प्रत्यक्ष निगरानी र निर्देशनमा विद्यार्थीहरूले समुदायमा पुगेर सिकाइ अभियान सञ्चालन गरेका थिए । त्यसपछि गरिएको मूल्यांकनमा आवश्यक मापदण्ड पूरा भएपछि क्रमशः सबै वडालाई साक्षर घोषणा गरिएको छ ।

नगरप्रमुख रामविजय महतोको अध्यक्षता तथा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य श्रीमती सुरीता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा घोषणा–पत्र वाचन गर्दै प्रमुख अतिथि साहले बलवा नगरपालिकालाई औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिन् ।             कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै नगरपालिकाको प्रशंसा गरेकी छिन् । उनले साक्षर घोषणा अन्तिम उपलब्धि नभई गुणस्तरीय शिक्षातर्फको नयाँ यात्रा भएको उल्लेख गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर सुधार, विद्यालयको शैक्षिक वातावरण सुदृढीकरण तथा शिक्षामा थप लगानी गर्न आग्रह गरेकी छिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, , सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।            कार्यक्रमको सञ्चालन शिक्षा संयोजक राजकिशोर झाले गरेका थिए । उद्घोषणाका क्रममा उनले बलवा नगरपालिकालाई साक्षर घोषणा गर्न सञ्चालन गरिएको अभियानका सम्पूर्ण गतिविधिबारे विस्तृत जानकारी गराएका थिए । उनले नगरपालिकाभित्र रहेका २४ विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूसँग नियमित समन्वय र सहकार्य गर्दै अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए ।

झाका अनुसार प्रत्येक विद्यालयलाई आफ्नो सेवा क्षेत्रभित्र रहेका निरक्षर नागरिकको पहिचान, उनीहरूको नियमित सिकाइ, प्रगतिको अनुगमन तथा मूल्यांकनको जिम्मेवारी दिइएको थियो । शिक्षक, विद्यार्थी, वडा कार्यालय, जनप्रतिनिधि तथा समुदायबीच निरन्तर समन्वय र सहकार्य भएकै कारण अभियान सफल भएको उनले बताए । उनले विद्यार्थीहरूको सक्रिय सहभागिता, शिक्षकहरूको समर्पण र स्थानीय समुदायको सकारात्मक सहयोगले बलवा नगरपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्य निर्धारित समयमै पूरा गर्न सम्भव भएको उल्लेख गरेका हुन् ।               कार्यक्रममा वक्ताहरूले शिक्षा शाखा प्रमुख राज किशोर झाले अभियानको योजना निर्माण, विद्यालयसँगको समन्वय, अनुगमन तथा व्यवस्थापनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका थिए ।

साक्षर घोषणा पश्चात् पनि नगरपालिकाले निरन्तर सिकाइ, डिजिटल साक्षरता, पुस्तकालय विकास, विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा जीवन उपयोगी शैक्षीका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । स्थानीय सरकार, विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यले शिक्षा क्षेत्रमा बलवा नगरपालिकाले एउटा उदाहरणीय उपलब्धि हासिल गरेको सहभागीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर