Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त

प्रतिक्षा खबर
२०८३ जेष्ठ २५, सोमबार १०:४७

हत्याको आरोप खेपिरहेका एक व्यक्तिलाई मधेस प्रदेश सरकारको जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको पाइएको छ। आयोगको सदस्यमा नियुक्त भएका औरही नगरपालिका-७, भोइल टिमकियाका सञ्जीव झा हत्याका आरोपी हुन्।

लामो समयदेखि रिक्त रहेको जनलोकपाल आयोग सदस्यमा झा र वडा नम्बर ८ श्रीपुरका सुजाता विमललाई नियुक्त गरिएको थियो। झा महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या आरोपमा पुर्पक्षमा जेल सजाय भोगेर साधारण तारेखमा रिहा भएका अभियुक्त हुन्।

वडाध्यक्ष यादवको हत्या आरोपमा झासँगै दिलिप मण्डललाई २०८१ कात्तिक ६ गतेका दिन जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि जेल चलान गरेको थियो। दुवै जना उच्च अदालतबाट साधारण तारेखमा रिहा भएका हुन्।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षमा विजयी भएका मुकेश सवार लु प्र ०१–००१प६३६२ नम्बरको मोटरसाइकल २०८१ भदौ ९ गतेका दिन बिहानै जलेश्वर-बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कल्भर्ट नजिकै दुर्घटना भएको र वडाध्यक्ष यादवको शव कल्भर्टसँगै सडकभन्दा तल फेला परेको थियो।

घटना शंकास्पद रहेको भन्दै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले घटनाको अनुसन्धान गर्न सीआईबीको माग गरेका थिए।

जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपछि मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरू झा र मण्डललाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो।

स्रोतका अनुसार झा पूर्वमुख्यमन्त्री सरोज यादव एवं सत्तारुढ दल नेकपा एमालेको कोटाबाट सदस्य पदमा नियुक्त भएका हुन्। पूर्वमुख्यमन्त्री यादवले भने आफ्नो वा आफ्नो पार्टीको कोटाबाट नभई निवेदन परेकामध्ये राम्रो देखिएकाले झालाई मुख्यमन्त्रीले सिफारिस गरेको बताएका छन्। ‘दलीय हिसाबले कसैको नियुक्ति भएको होइन झाको कुनै दल संलग्नता नरहेको देखिएकाले नियुक्त गरिएको हो,’ उनले भने।

उच्च नैतिक चरित्रका व्यक्तिलाई मात्रै सदस्यमा नियुक्त गर्न पाउने ऐनमा व्यवस्था रहेकाले हत्याजस्ता जघन्य अपराधमा मुछिएकालाई सदस्य पदमा नियुक्त गर्नु कतिको उचित हो भन्ने प्रश्नमा उनले भने, ‘यो कानुनले छानबिन गर्ने विषय हो। यदि कानुनले मिल्दैन भने उनको नियुक्ति खारेज हुन्छ।’

झा सम्सीका एक होटल सञ्चालक हुन्। होटल सञ्चालनकै क्रममा यौन व्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएको भन्ने आरोप पनि उनीमाथि लाग्दै आएको छ। त्यसबेला धरौटीमा रिहा गर्न वडाध्यक्ष यादवले झालाई आर्थिक सहयोग गरेको मृतक यादवकी पत्नी अतिय यादवले बताइन्।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै आफ्नो श्रीमानको हत्या मुद्दामा पूर्वमुख्यमन्त्री सरोज यादव पनि संलग्न भएको गम्भीर आरोप लगाएकी छन्। पूर्वमुख्यमन्त्री यादवले आफ्नो पदीय दबाबमा मुद्दा कमजोर गर्न लागेको र जेल चलान भएका आरोपितलाई साधारण तारेखमा रिहा गराएको उनी बताउँछिन्।

पूर्व मुख्यमन्त्री यादवले भने सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए। ‘राजनीतिक प्रतिशोधका कारण केही व्यक्तिको बहकावमा आफूमाथि आरोप लगाइरहेको छ। यदि सो घटनामा मेरो संलग्नता भएको भए सोही बेला किटानी जाहेरीमा मेरो नाम दिनुपर्थ्यो,’ उनले भने, ‘घटनाको सीआईबीको टिमले  समेत छानबिन गरेको छ। कानुनभन्दा माथि कोही छैन, यदि मेरो संलग्नता देखिए सजाय भोग्न तयार छु।’

उनले आफ्नो नाम लिएर सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने गरी फैलाइएको अफवाहप्रति आपत्ति जनाएका छन्। ‘यसरी सामाजिक सञ्जालमा मेरो नामै लिई जुन हिसाबले चरित्र हत्या गर्ने गरी अफवाह फैलाइदैछ त्यो उचित होइन,’ उनले भने। मृतक वडाध्यक्ष यादव र पूर्वमुख्यमन्त्री यादव एउटै वडा रामगोपालपुर-२, टेँगरा टोलका निवासी हुन्।

जनकलोकपाल आयोग र लोकसेवा आयोगमा गरिएको सदस्य मापदण्ड र कानुनविपरीत रहेको भन्दै प्रतिपक्षी दलहरूले गरेको विरोधका कारण ६ दिनदेखि संसद अवरुद्ध छ।

संवैधानिक निकायको रूपमा रहेका जनलोकपाल आयोग र लोकसेवा सेवा आयोगमा सरकार पक्षको तर्फबाट मुख्यमन्त्री, प्रतिपक्षी दलका नेता र सभामुख सम्मिलित तीन सदस्य कार्यसमितिले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था रहेकोमा मुख्यमन्त्रीले प्रतिपक्षी दल र सभामुखलाई बेवास्ता गरी एकलौटीरूपमा नियुक्त गरेको भन्दै संसद अवरुद्ध गरेका थिए। यसै विषयलाई लिएर प्रतिपक्षी जसपा नेपालका सांसद सञ्जय यादव र मुख्यमन्त्रीबीच हात हालाहालको अवस्था समेत उत्पन्न भएको थियो। सभार नेपाल खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर