Advertisement
ताजा खबर
सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

प्रतिक्षा खबर
२०८३ श्रावण ७, बिहीबार ११:३०

सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद, सञ्चारकर्मीलाई धम्की दिएको आरोप
सर्लाही, सर्लाही जिल्लाको नारायणपुर सीमा नाकाबाट भारततर्फ अवैध रूपमा मदिरा लैजान लागिएको अवस्थामा सशस्त्र प्रहरी बलले करिब २०–२५ थानमदिरा बरामद गरेको छ।
प्राप्त जानकारीअनुसार, एक व्यापारीले नारायणपुर नाकाछेउस्थित एक पसलबाट ठूलो परिमाणमा मदिरा खरिद गरी भारततर्फ लैजान लागेको गोप्य सूचना सञ्चारकर्मी प्रतिक झाले प्राप्त गरेका थिए। त्यसपछि उनले तत्काल नारायणपुर सीमा चेकपोस्टमा पुगेर ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई उक्त सूचनाबारे जानकारी गराएका थिए।
सञ्चारकर्मी र सशस्त्र प्रहरीको संयुक्त सक्रियतापछि सो मदिरा बरामद गरिएको बताइएको छ। बरामद गरिएको मदिराबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।
यता, मदिरा खरिद गरिएको भनिएको पसलका सञ्चालकले समाचार संकलनमा खटिएका सञ्चारकर्मी प्रतिक झालाई धम्की दिएको आरोप लागेको छ। सञ्चारकर्मी झाका अनुसार ती व्यापारीले “एक पटक इन्स्पेक्टर साहबसँग भनिदिनुहोस्, सामान छोडिदिनुहुन्छ, मेरो उहाँसँग कुरा मिलेको छ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए।
व्यापारीको उक्त अभिव्यक्तिपछि स्थानीयस्तरमा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमा सुरक्षा निकायका केही व्यक्तिसँग सम्भावित मिलेमतो रहेको हो कि भन्ने आशंका समेत उठ्न थालेको छ। यद्यपि, यस विषयमा सशस्त्र प्रहरी बलको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।
स्थानीयवासी तथा सरोकारवालाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा सञ्चारकर्मीमाथि भएको भनिएको धम्कीको घटनाको समेत अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर