Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

रास्वपा उम्मेदवार उज्वल झाको जनसम्पर्क तथा सार्वजनिक भेटघाट , विकास र समृद्धिका एजेन्डामा सार्थक संवाद

प्रतिक्षा खबर
२०८२ फाल्गुन ११, सोमबार २३:३५

गोपाल झा , महोत्तरी, फल्गुन ११ गते

महोत्तरीको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत मटिहानी नगरपालिकामा उज्वल झाको उपस्थितिमा जनसम्पर्क तथा सार्वजनिक भेटघाट कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का उम्मेदवार उज्वल झाले स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै विकास, समृद्धि र परिवर्तनका विषयमा खुला तथा सार्थक छलफल गरेका थिए ।   कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आफ्नो टोल–बस्तीका समस्या, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा धारणा राखेका थिए । विशेषगरी सडक स्तरोन्नति, सिंचाइ व्यवस्था, खानेपानी, युवाहरूका लागि स्वरोजगारको अवसर र महिला सशक्तीकरणका सवाललाई प्राथमिकताका साथ उठाइएको थियो ।

संवादका क्रममा उम्मेदवार झाले मटिहानी लगायत यस क्षेत्रको समग्र विकासका लागि पारदर्शिता, जवाफदेहिता र योजनाबद्ध कार्यान्वयन आवश्यक रहेको बताए । उनले स्थानीय तह, प्रदेश र संघबीचको समन्वयमार्फत दिगो विकास सम्भव हुने उल्लेख गर्दै जनताको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।        कार्यक्रमबाट प्राप्त सकारात्मक सन्देश र उत्साहजनक सहभागिताले परिवर्तनको यात्रामा थप ऊर्जा मिलेको उनले बताए । समृद्ध मटिहानी निर्माणका लागि नागरिकहरूको साथ, समर्थन र विश्वास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रत्यक्ष संवाद कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी गराइएको छ ।     प्रतिनिधी सभा सदस्यकाकालागी रास्वपाका उमेदबार उज्ज्वल आफैंमा स्थानीयसँग परिचित अनुहार हुन्, त्यसले यहाँका मतदाता उनीसँग प्रभावित छन् । ०७९ सालको प्रदेशसभा निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार उठेर तत्कालीन ५ दलीय सत्ता गठबन्धनका उम्मेदवारलाई टक्कर दिएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीले ६ हजार ४ सय १४ मत पाएर विजयी हुँदा स्वतन्त्र उज्ज्वलले ५ हजार ४ सय ८९ मत पाएका थिए ।

फागुन २१ को मतदान नजिकिँदै गर्दा अन्य राजनीतिक दलले पनि चुनावी प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर