Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश

प्रतिक्षा खबर
२०८२ माघ २७, मंगलवार २२:२८

उमेश कुमार साह

बोदे बर्साईन : सप्तरीबाट विभिन्न दलका सयौं नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा अधिवक्ता बालकिशाेर यादव मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । सप्तरीकाे क्षेत्र ४ बाेदे बर्साईन घर भएका यादव जसपा नेपालबाट २०७९ काे प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यासी हुन् ।
राष्ट्रिय स्वतन्त्र सप्तरी क्षेत्र ४ का उम्मेदवार सिताराम साहले बाेदे बर्साईनस्थित पार्टी कार्यालय घण्टी घरमा केन्द्रीय सदस्य यादव लगायत सयौं भन्दा बढी नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि फूलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका छन् । उनीसँगै बाेदेबर्साईन ३ भई राष्टिय एकता पार्टीबाट दाेस्राे संविधानसभाका प्रत्यासी कृषनन्दन यादव पनि रास्वपामा प्रवेश गरेका हुन् । रास्वपाका बरिष्ठ नेता बालेन साह यस क्षेत्रमा आएकाे अवसरमा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

यसअघि, मधेसी निजामति कर्मचारी मञ्चका पूर्वउपाध्यक्ष तथा नेपाल निजामति कर्मचारीहरूकाे आधिकारिक ट्रेड यूनियन सिरहाका पूर्वअध्यक्ष अम्रेन्द्र यादवले पनि रास्वपामा प्रवेश गरेका छन् । बाेदेबर्साईन १ धनगढीका यादवसँँग असर्फी यादवलगायत रास्वपामा प्रवेश गरेका हुन् । उनीहरूलाई जेन्जी अगुवा तथा रास्वपाका केन्द्रीय सदस्य पुरूषाेत्तम यादवले फूलमाला अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर