Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

मधेश आन्दोलनका प्रथम सहिद  महतो सहितका सालिकमा गरे माल्यार्पण

प्रतिक्षा खबर
२०८२ पुष ३०, बुधबार २०:०६
मधेश प्रदेशका सभामुख रामअशिष यादवले आज मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहित विभिन्न सहिदका सालिकमा माल्यार्पण गर्नुभएको छ। लहानस्थित सहिद स्मारक क्षेत्रमा आयोजित संक्षिप्त कार्यक्रममा सभामुख यादवले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै मधेश आन्दोलनले संघीयता, समावेशिता र अधिकार स्थापनामा खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्नुभयो।साना किसान कृषि सहकारी संस्था लहानको साधारणसभा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन लहान आएका सभामुख यादवले सभामुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक सहिदका सालिकमा माल्यार्पण गर्नुभएको हो। सो अवसरमा उहाँले सहिदहरूको बलिदानकै कारण मधेशको राजनीतिक चेतना सुदृढ भएको उल्लेख गर्दै सहिदका सपना पूरा गर्न सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धितर्फ सबै एकजुट हुनुपर्ने बताउनुभयो।कार्यक्रममा जसपा नेपाल निकटका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले मधेश आन्दोलनका सहिदहरूको योगदान अमर रहेको र तिनको सम्मान तथा स्मरण निरन्तर भइरहनुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर