Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

हृदयघातको उपचार अब जनकपुर प्रादेशिक अस्पतालमै सम्भव

प्रतिक्षा खबर
२०८० फाल्गुन ६, आईतवार १५:०६

जनकपुरधाम, फागुन
हृदयघातको उपचार अब जनकपुरधाममै सम्भव हुने भएको छ । हृदयघातको तत्कालै उपचार हुने क्याथल्याब सेवा अब प्रादेशिक अस्पताल जनकपुरमै सुरु भएको छ ।
शनिबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले क्याथल्याबको उदघाटन गरेका हुन् ।
केही महिना अघि नै जडान भएको क्याथल्याव सेवा संचालनमा आएको प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले बताए ।
उनका अनुसार अब हृदयघात हुँदा उपचारका लागि अब तत्कालै जनकपुरबाहिर लग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । हृदयघात भएको वा नभएको पत्ता लगाउनुको साथै तत्कालै उपचार गर्न सकिने छ ।
प्रादेशिक अस्पताल जनकपुरमा हृदय रोग विशेषज्ञ डा. निश्चल साहको टिमले उपचार गर्ने निर्देशक पण्डितले बताए । क्याथ ल्याव सेवा ४ करोड लगानीमा संचालनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर