Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन डा. बाबुराम भट्टराईले गरे प्रस्ताव

प्रतिक्षा खबर
२०७७ श्रावण ९, शुक्रबार ११:३६

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् ।
सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।
समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताउँदै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।
‘लोकतान्त्रिक ढंगले संकटमोचन गर्ने उपाय’ भन्दै डा. भट्टराईले संसद अधिवेशन बोलाउन, केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न र अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।
साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान पनि प्रस्ताव गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर