Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

राष्ट्रिय सभा चुनावबारे छलफलमा उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ पुष २२, मंगलवार १७:४२
२२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे अन्तरपार्टी छलफलमा छन् ।

अध्यक्ष यादवले अनलाइनखबसँग भने, ‘छलफलमै छौं ।’ उनका अनुसार छलफलबाट जस्तो निष्कर्ष निस्कन्छ त्यसअनुसार अगाडि बढिने बताए ।

राष्ट्रिय सभाको निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको समय छ । त्यसअगाडि दलहरू चुनावी गठबन्धन टुंग्याउन लागि परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले जसपा नेपाललाई समेत समेटेर अगाडि बढ्ने गरी भागबण्डाको कसरत गरेका छन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । त्यसमध्ये एक जना बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद् हुन् । उनको ठाउँका सरकारको सिफारिसमा राष्ट्रपतिले नै अर्को मनोनीत गर्नेछन् । बाँकी १८ पदका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

मधेश प्रदेशको मतभारमा कांग्रेस र एमाले पछाडि तेस्रोमा जसपा नेपाल छ । यसकारण यो पार्टीलाई समेत समेटेर उम्मेदवार उठाउनेबारे चार दलबीच छलफल चलिरहेको छ ।

एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले प्रत्येक प्रदेशमा १/१ जना रहनेगरी ७ वटा सिटमा दाबी प्रस्तुत गरेको छ । कांग्रेसले पनि ७ सिट नै लिने र बाँकी ४ सिटमध्ये नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने गरी गृहकार्य भइराखेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर