Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <
☰

कम्पाउण्ड वालको काम नगर्न प्रतिष्ठानलाई उप–महानगरको आदेश

प्रतिक्षा खबर
२०८१ चैत्र १२, मंगलवार ०७:५८

जनकपुरधाम, चैत १२ । जनकपुरधाम उप–महानगरपालिकाले कम्पाउण्ड वालको काम नगर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आदेश दिएको छ । नक्सा पास नगरि गरिएको काम तत्कालकालागि रोक्का गरी नक्सा पास गराई मात्र कार्य अगाडि बढाउन उप–महानगरले भनेको छ ।

मधेश टुडेले ‘कानुन विपरीत कार्य गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, विना नक्सा कम्पाउण्ड वाल गर्दै, जनकपुधाम उप–महानगर र गुठी मुकदर्शक’ शिर्षकमा समाचार प्रकाशन गरेपछि जनकपुरधाम उप–महानगरपालिकाले काम रोक्का गरी नक्सा पास गराएर मात्रै काम अगाडि बढाउन आदेश दिएको उप–महानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।

मेयर साहले भने–‘जनकपुरधाम उप–महानगरपालिकाबाट प्रवाह हुने सवै सेवा सुविधा सवैकालागि बराबर हुन्छ, त्यस्तै यहाँ बनाइएको नियम कानुन पनि सवैकालागि बराबर हुन्छ । कुनै व्यक्ति विशेषले नक्सा पास नगराई घर वा कम्पाउण्डवाल गर्दा हामीले जुन नियमक कानुन टेकेर रोक्का गर्छौ, त्यहि नियम कानुन टेकेर प्रतिष्ठानले गरेको कार्यलाई पनि रोक्क गरेका छौं ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनकपुरधाम उप–महानगरपालिका–१३ स्थित जानकी मन्दिरको करिव साढे १८ विघा जग्गा लिजमा लिएर कलेजको भवन निर्माणार्थ सो जग्गामा घेराबेराको काम गर्दै छन् । तर, दक्षिण, पश्चिम र उत्तर पट्टिबाट केही व्यक्ति विशेषलाई फाइदा पुर्याउन बाटो छोडेर काम गरिरहेको छ ।

जनकपुरधाम उप–महानगरपालिकाका मेयर साहले भने–‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिरहेको कार्य यहाँका स्थानीयकोलागि फाइदा जनक हो, हुनु पर्छ तर नियम संगत ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानकालागि जनकपुरधाम–१३ मुजेलिया स्थित मणिमण्डपको पश्चिम पट्टि कलेज खोल्नकालागि लिजमा लिएको जग्गाको दक्षिण, पश्चिम र उत्तर पट्टि १० देखि १२ फिट बाटो छोडेको पाइएको छ । गुठी संस्थानबाट २०७९ जेठ २३ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानले सम्झौता गरेको १८ विघा १२ कठ्ठा १५ धुर २ कनमा जग्गाको तीन तिर स्थानीय जग्गाधनीहरु संगको मिलोमतोमा छाडिएको जग्गा करिव दुई विघा जति हुन सक्ने स्थानीयहरु बताउँछन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति, रजिष्ट्रार र निर्देशकले जग्गाधनी संग सम्झौता गरेर सो बाटो छोडेका छन् । प्रतिष्ठानकालागि कलेजको भवन निर्माणकालागि लिजमा लिएको सो जग्गाको अहिले घेराबेरा हुदैँछ । तर, तीनै साइडबाट सडक छाडेपछि स्थानीयबासी जागरुक भएका छन् । स्थानीयबासीहरु भन्छन्–‘गुठीको जग्गा संरक्षण गर्ने हाम्रो पनि दायित्व हो, हमी कुनै हालतमा गुठीको जग्गा बर्बाद हुन दिन चाहन्नौं ।’

सो बाटोमा वडा नम्वर १३ का वडाध्यक्ष जीतवहादुर राउत संगै एक दर्जन राउत परिवारको जग्गा छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति डा. अंकुर साह र शिक्षाध्यक्ष डा. रामनरेश पण्डितले २०८१ फागुन १८ गते वुँदे सहमति गरी त्यहाँ बाटो खोलाएका छन् । फागुन १८ गते बसेको बैठकमा वडाध्यक्ष राउत संगै पूर्व वडाध्यक्ष शुभनारायण मण्डल संगै राम प्रवोध राय, नरायण राउत, तपेश्वर राउत, अरुण राउत, कैलाश राउत, विमल राउत, प्रमोद राउत र सरोज राउत बसेको बैठकमा सडक निर्माणको एक बुँदे सहमति गरेका छन् । स्थानीयबासीका अनुसार बैठकमा उपस्थित सवैको जग्गा खोलिएको सो बाटोमा पर्ने गरेको छ ।

फागुन १८ गतेको निर्णय विरुद्ध २१ गते स्थानीयबासीहरु गुठी संस्थानमै लिखित उजुरी दिए पनि गुठी संस्थानले सो बाटो बराबरको जग्गा संरक्षण गर्न सकेको छैन् । गुठीका कर्मचारीहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण जग्गामा बन्ड्रिवाल गर्न मौखिक भन्दा पनि त्यहाँ भने बाटो छोडेरनै बन्ड्रिवाल भईरहेको छ ।

स्रोतका अनुसार खोलिएको त्यो सडकमा प्रतिष्ठानका उप–कुलपति साह, रजिष्ट्रार विनोद यादव र शिक्षाध्यक्ष रामनरेश पण्डितको पनि जग्गा रहेको छ । उनीहरुले आफ्नो स्वार्थकालागि सो जग्गामा सडक खोलेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर