Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

वीरगञ्जमा जसपा नेपालको विरोध सभा सम्पन्न

प्रतिक्षा खबर
२०८२ पुष १५, मंगलवार १८:५५

वीरगञ्ज, पुस १५ । विभिन्न २८ बुन्दे माग सहित चरणबद्ध आन्दोलन गर्दै आएका जनता समाजवादी पार्टी नेपालले आज वीरगञ्जमा विरोध सभा सम्पन्न गरेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै मधेशी विद्रोहका बाँकी मागहरु पुरा गराउने उदघोषका साथ जसपा नेपाल मधेश प्रदेश समितिको आयोजनमा विरोधसभा सम्पन्न भएको हो ।

विरोधसभालाई सम्बोधन गर्दै जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रमुख तीन दलका कारण मुलुक गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटमा फसेको आरोप लगाएका छन । उनले विगत ३५ वर्षदेखि सत्तामा रहेका कांग्रेस र कम्युनिस्टहरूको गलत नीतिका कारण करिब १३५ वटा उद्योग–कलकारखाना बन्द भएको, सरकारी विद्यालय कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र देश ३३ अर्ब रुपैयाँभन्दा बढी ऋणको बोझमा परेको बताए।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र सम्हाल्न सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरे। उनिहहरु शासनकालमा भ्रष्टाचार चरम सीमामा पुगेको उल्लेख गर्दै उनले संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषय जसपा नेपालले निरन्तर उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरू बेवास्ता गरिएको आरोप लगाए

उनले निराशाका कारण ‘जेन–जी’ युवाहरू विद्रोहमा उत्रिएको, ऐतिहासिक तथा सामरिक महत्वका संरचनामा क्षति पुगेको र नेताहरू भाग्न बाध्य भएको अवस्था सिर्जना भएको बताए। तर वर्तमान सरकारले ती युवाहरूलाई पनि विगतमा मधेशीहरूसँग गरिएझैँ झुक्याउने प्रयास गरिरहेको आरोप लगाए।

अध्यक्ष यादवले जसपा नेपाल निर्वाचनका लागि तयार रहे पनि हालको सरकार निर्वाचन गराउन असक्षम रहेको दाबी गरे। मधेश ८ जिल्लामा सीमित नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै प्रदेश पुनर्संरचनाका लागि तत्काल संविधान संशोधन आवश्यक रहेको बताए। संविधान पुनर्लेखन नभएसम्म पार्टी संघर्षमै रहने उनको चेतावनी थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर