Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

राजविराजमा शुरु भयो अनलाइन पत्रकारिता तालिम : राज्यमन्त्री कर्णद्वारा उद्घाटन

प्रतिक्षा खबर
२०७९ असार ११, शनिबार १५:४५

राजविराज । आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामको आयोजनामा पाँच दिवसीय अनलाइन पत्रकारिता तालिम शुक्रवार (असार १० गते)देखि सञ्चालन भएको छ ।
मधेश प्रदेशका ६ जिल्लाका अनलाइन सञ्चारमाध्यममा कार्यरत नयाँ पत्रकारहरुको सहभागिता रहेको उक्त तालिमको उद्घाटन मधेश गृह तथा सञ्चार राज्यमन्त्री मा.रुबी कुमारी कर्णले गमलामा पानी हालेर गर्नुभयो । सोही कार्यक्रममा वहाँले निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता रहेकोले दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रतापूर्वक कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
‘निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता रहेको भन्नुहुँदै राज्यमन्त्री कर्णले देशमा परिवर्तन ल्याउन सञ्चारकर्मीको ठुलो योगदान रहेको स्मरण गर्नुभयो । वहाँले राजनीतिक आस्था र विचारलाई थाती राखेर कलम चलाउन सके मात्र देश र जनताको हित हुने बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अनलाइन पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमको अभावले अहिले सामाजिक सञ्जालदेखि युटुव च्यानलसम्ममा प्राय: अपुष्ट एवम् सूचनाहरु प्रशारण हुँदै आएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा अनलाइन पत्रकारिताको महत्व एवम् प्रभावकारिता बढ्दैगएकोले अनलाइन मिडियामा कार्यरत पत्रकारहरु थप जिम्मेवार बन्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।
सो तालिममा प्रदेशका विभिन्न जिल्लाका गरी २७ जना सहभागी रहेको छ । अध्यक्ष यादवको अध्यक्षता आयोजित उद्घाटन कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, पुर्व अध्यक्षद्वय धिरेन्द्र प्रसाद साह, वैधनाथ झा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।
प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले स्वागत मन्तव्य तथा सञ्चालन मधेशलाइभ अनलाइनका सम्पादक प्रिया सिंह थारुले गरिन् । तालिमको प्रशिक्षकमा लामो समयदेखि राष्ट्रिय सञ्चारमाध्यमहरुमा कार्यरत विश्वमणी पोखरेल, प्रा. सुरेन्द्र प्रसाद गुप्ता, दिनेश यादव, अवधेश कुमार झा, श्रवण देव, सुरेश कुमार यादव, भोला कुमार पासवान, विनय कुमार कर्ण, गृह तथा सञ्चार मन्त्रालयका कानून अधिकृत सन्दिप कुमार सिंह, अनिल कुमार कर्ण लगायतका अतिथि प्रशिक्षकहरु समेतद्वारा प्रशिक्षण दिईने आमसञ्चार प्राधिकरणकी सदस्य प्रतिमा चौधरीले जानकारी दिनुभयो । वहाँका अनुसार तालिममा अनलाइनको समाचार लेखनदेखि अपडेट सम्मका विषयवस्तुहरुबारे सिकाईने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर