Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ भाद्र १२, बिहीबार २०:१९

१२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् ।

बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए ।

अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए ।

किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उनको भनाइ छ ।

‘सरकारले उखु किसानलाई दिनुपर्ने जुन अनुदान हो, त्यो दिनपर्दछ । र समग्र रुपमा हेर्दाखेरी किसान भनेको अन्नदाता हुन् । जसले अन्न उत्पादन गर्छन्, अरुलाई बचाउँछन् । संसारलाई पाल्छन् । तिनकैप्रति राज्यको कुनै नीति नै छैन,’ उनले भने, ‘कुनै निति छैन, कुनै योजना छैन । न किसानहरुको उत्पादनको अधिकारका लागि न कुनै व्यवस्था नै छ । अहिले नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षित गरेको क्षेत्र भनेको किसान हो । किसानमा पनि उखु किसान त झन सबभन्दा बढी अपहेलित भएको छ ।’

किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको उनले बताए । सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उनको जोड थियो ।

‘किसानहरूलाई दिनुपर्नेमा समयमा न उचित मुल्य पाएको छ, न तोकेको रकम पाएको छ । वर्षौंसम्म किसानलाई पेलिराखेको हुन्छ,’ उनले भने । यादवले सरकारले तत्काल गर्नुपर्ने दुईवटा काम अविलम्ब गनुपर्ने उनले बताए ।

एउटा, दिनुपर्ने अनुदान तुरुन्त निकासा गर्ने, उखु किसानलाई उपलब्ध गराउने ।

दोस्रो, किसानले उखु मिलमा पुर्‍याएपछि निश्चित तोकेको १५ दिन, एक महिनाभित्र मिलले त्यसको भुक्तानी गर्नुपर्ने ।

यी दुई काम नगरेर उखु किसानले हर्जना र ब्याज समेत पाउनुपर्ने तर्क यादवको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर