Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

आन्दोलनका लागि जसपा नेपालले गठन गर्‍यो ‘डोटिम’ परिसंघ

प्रतिक्षा खबर
२०८२ असार ११, बुधबार १८:३९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न पाँच वटा कलस्टरहरूलाई मिलाएर एक संगठन बनाई आन्दोलनको तयारी थालेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले चन्देश्वर पासवानको नेतृत्वमा दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकलाई एकै ठाउँमा राखेर ‘डोटिम’ परिसंघ गठन गरेको हो । जसले आन्दोलनको तयारी गर्ने पार्टीले जनाएको छ ।

यस्तो किन भन्ने जिज्ञासामा डोटिम परिसंघका संयोजक पासवानले भने, ‘एक्लाएक्लै आन्दोलन गरेर सम्भव नदेखिएकाले पाँचै वटा कलस्टरलाई मिलाएर आन्दोलनको तयारी भइरहको बताए ।

‘पार्टीमा छुट्टाछुट्टै भ्रातृ संगठन पनि छ, त्यसले आफ्नो तरिकाले कार्यक्रम र गतिविधिहरू गर्नेछन् तर संयुक्त आन्दोलन तथा संघर्षका लागि यो परिसंघ गठन गरेका हौँ,’ उनले प्रस्ट पारे ।

पहिलो चरणमा सात वटा जिल्लामा कार्यक्रमहरू गर्ने, त्यसपछि आन्दोलनको एउटा स्वरूप तयार गरी त्यसमा लाग्ने उनले जानकारी दिए । ‘अन्ततः गर्ने आन्दोलन नै हो, तर अहिले त्यसको तयारी भइरहेको छ ।’ उनका अनुसार असार २८ गते काठमाडौँमा बागमती प्रदेशको विशाल कार्यक्रम हुनेछ । त्यो कार्यक्रमले पनि एउटा सन्देश दिने उनले बताए ।

नेपालमा पटक–पटकका संघर्ष र राजनीतिक परिवर्तन भए पनि सबै ठाउँमा एकल जातीय वर्चस्व, सामन्तवादी चिन्तनले दलित, पिछडावर्ग, थारू, आदिवासी जनजाति र अल्पसङ्ख्यक समुदायहरूमाथि असमानता कायम रहेको उनको भनाइ थियो ।

‘राजनीतिक, आर्थिक र सामाजिक बहिष्करण तथा सीमान्तीकरण भनेको ऐतिहासिक, सामाजिक र संरचनागत असमानताको परिणाम हो,’ जसपा नेपालले भनेको छ ।

राज्यबाट बहिष्करणमा पारिएका समुदायको अधिकार र न्याय प्राप्तिका लागि भइरहेको आन्दोलनहरूप्रति ऐक्यबद्धता जनाउने र आवश्यक कार्य गर्ने परिसंघका संयोजक पासवानले बताए ।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रतिनिधिसभा र राष्ट्रियसभामा समान जनसंख्याका आधारमा प्रतिनिधित्वको व्यवस्था र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने व्यवस्था गराउन पनि आन्दोलन गरिने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर