Advertisement
ताजा खबर
मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ

रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु न्यायसङ्गत छैन’

प्रतिक्षा खबर
२०८२ बैशाख २२, सोमबार १५:४३

काठमाडौँ, वैशाख २२ । सांसद रोशन कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ४० दिनसम्म हिरासतमा राख्नु न्यायसङ्गत नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले लामो समय हिरासतमा राखेर सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको आरोप लगाउनुभयो ।

“मिश्रलाई ४० दिनसम्म हिरासतमा राखिनु र रेशम चौधरीलाई बिना कारण पक्राउ गर्नु कहाँको न्याय हो ?, न्यायिक छानबिन गर्न माग गरिरहेका छौँ तर सुनुवाइ भइरहेको छैन”, उहाँले भन्नुभयो

सांसद राजेन्द्र पाण्डेले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमै सुरु हुने गरी बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । “आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पनि तयार छ, आयोजना प्रभावितलाई रु ४३ अर्ब मुआब्जा वितरण पनि सकिएको छ”, उहाँले भन्नुभयो, “आयोजनाको धेरै काम सकिएकाले अब निर्माण सुरु गर्न ढिलाइ गर्नुहुँदैन । आयोजना निर्माण समयमै सुरु भएको भए रु दुई खर्ब ६० अर्ब लागतमा काम सकिन्थ्यो । आव २०८१÷८२ मा आउँदा लागत बढ्दै रु तीन खर्ब ९८ अर्ब लाग्ने अनुमान भएको छ ।”

सांसद गणेश पराजुलीले सहकारीपीडितलाई न्यायको कठघरामा ल्याउन र ठगी प्रकरणको सबै भागीदारबाट असुलउपर गराउने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पीडितलाई क्षतिपूर्तिसहित बचत फिर्ता गराउने काम तत्काल सुरु गर्न माग गर्नुभयो ।

“सहकारी ठगी प्रकरणका वास्तविक पीडिक कतिलाई कारबाहीको दायरामा ल्याइयो ? पीडित जनताको पैसा फिर्ता भयो ?”, उहाँले भन्नुभयो, “अर्को कुरा यतिबेला बजेट निर्माणको चटारो छ । भन्सार नाकाहरुमा सुधार गर्नुपर्ने छ । वस्तु तथा सेवाको उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्न, निर्यात बढाएर व्यापार घाटा न्यूनीकरण गर्नु आजको आवश्यकता हो ।”

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर