Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

सुधार केन्द्रमा एक किशोरमाथि निर्घात कुटपिट, अनुसन्धान जारी

प्रतिक्षा खबर
२०८२ बैशाख २२, सोमबार १५:३२

रौतहटको सुधार केन्द्रमा एक किशोरमाथि निर्घात कुटपिट, अनुसन्धान जारी

ओम प्रकाश यादव
रौतहट, वैशाख २२ । रौतहटको एक सुधार केन्द्रमा एकजना व्यक्तिमाथि निर्घात कुटपिट गरी चरम यातना दिएको भिडिओ भाइरल भएको छ।

जिल्लाको गौर नगरपालिका–४ स्थित सञ्चालित राइजिङ नेपाल सुधार केन्द्रमा एक किशोरलाई निर्मम तरिकाले यातना दिएको भिडिओ सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको ४१ सेकेन्डको भिडिआोमा एक किशोरलाई तीन जनाले समातेर भुईमा लडाएर निर्घात कुटपिट गरेको देखिएको छ। भाइरल बनेको भिडिओमा एक जनाले पाइप जस्तो देखिने सेतो वस्तुले ती किशोरको दुईवटै खुट्टाको पैतालामा निर्ममतापूर्वक कुटिरहेको देखिन्छ ।

कुट्दा ती व्यक्तिको चिच्याहटको आवाज बाहिर नजाओस् भनेर पृष्ठभूमिमा साउण्ड (डिजे) बजाइएको छ । सार्वजनिक भएको भिडिओ सामाजिक सञ्जालमा शेयर गर्दै धेरैले कुट्ने र कुट्नका लागि सहयोग गर्ने सबैलाई अविलम्ब कार्यवाहीको माग गरेका छन्। सुधार केन्द्रमा किशोरीमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भाइरल भएपछि यस घटनालाई जिल्ला प्रहरी कार्यालय रौतहट गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको छ।

घटनापछि सुधाार केन्द्रका सञ्चालकलाई अहिले जिल्ला प्रहरी कार्यालय गौरमा बोलाएर अनुसन्धान गर्ने काम भइरहेको रौतहट प्रहरीको प्रवक्ता एवं जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन्। अनुसन्धानपछि भिडिओको वास्तविकता पत्ता लाग्ने र त्यसपछि कारबाही प्रक्रिया अघि बढ्ने प्रहरी नायव उपरीक्षक रायले बताए।

घटना बारे अहिले वास्तविकता बुझिरहेको र अनुसन्धान भएपछि मात्र कसले र किन ति व्यक्तिलाई कुटेको हो भनी कुरा खुल्ने उनले बताए ।

सुधार केन्द्रमा भर्ती भएका किशोरलाई निर्मम तरिकाले कुटपिट गर्ने तथा चरम यातना दिने व्यक्तिहरूलाई कडा कार्यवाही गरिने उनले बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर