• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दुई सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले


१९ वैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेका लागि नेपाल र नेपाली नेताहरूसँगको मुलाकात अब नौलो र अप्ठ्यारो विषय रहेन । धेरै नेपाली नेताहरूका लागि उनी भारतको शक्ति केन्द्र भाजपासँग सम्बन्ध स्थापित गर्ने सेतु जस्तै हुन् ।

त्यसमाथि अहिलेकी परराष्ट्रमन्त्री आरजु राणासँग राखी बाँधेको सुमधुर सम्बन्धका कारण पनि उनलाई यता आउन र बस्न थप सहज छ। दिल्लीमा आरजुको आतिथ्य उत्तिकै न्यानो र सौहार्दपूर्ण हुनुमा राखी सम्बन्धले भूमिका खेलिरहेको छ ।

नेपालमा कांग्रेस र एमालेको गठबन्धनमा गडबड हुँदैछ र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस सरकारसँग सन्तुष्ट छैन भन्ने सन्देश प्रवाह भइरहेका बेला चौथाइवालेको यो भ्रमणलाई नेपालको आन्तरिक राजनीतिसँग पनि जोडेर हेरिएको थियो ।

कुनै सरकारी संयन्त्र या राजनीतिक दलको औपचारिक निम्तो बिना आएका चौथाइवालेले सबैभन्दा धेरै राजनीतिक भेटघाट भने यसैपालि गरे । प्रतिनिधिसभाका अधिकांश दलका शीर्ष नेता र दोस्रो पुस्ताका गरी २० बढी नेताहरू भेटेका चौथाइवालेले नेपालको सत्ता–समीकरणबारे त्यति चासो नराखेको भेटमा सहभागी नेताहरूको भनाइ छ ।

ती सबै भेटमा उनले दुई वटा विषयमा मात्रै कुराकानी केन्द्रित गरे ।

पहिलो- पहलगाम घटनापछि भारतका पक्षमा नेपालको प्रष्ट समर्थनको प्रस्ताव ।

एकजना नेपालीसहित २७ जना नागरिकको ज्यान जानेगरी भएको पहलगाम घटनालाई भारतले गम्भीर रूपमा लिएको छ। गत वैशाख ९ गते जम्मु-काश्मिरको पहलगाम हमला भएपछि नेपालले उक्त घटनाको विरोध गरिसकेको छ ।

नेपालका राजनीतिक दलहरूले सो घटनालाई आतंकवादी हमला भन्दै विरोधमा उभिएका पनि छन्। तर नेपालको असंलग्न परराष्ट्र नीतिका कारण घटनापछि आफूहरूले लिने कतिपय निर्णयमा नेपाल तटस्थ बस्छ कि भन्ने आशंका भारतलाई छ ।

त्यसैले नेपालको प्रतिनिधिसभामा रहेका दलहरूको समेत समर्थनका निमित्त चौथाइवाले नेपाल आएर नेताहरूसँग छुट्टाछुट्टै संवाद गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित पार्टी राजनीतिमा प्रभाव पार्न सक्ने नेताहरूसँग अलग-अलग छलफल गरे ।

उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा, कांग्रेस नेताहरू गगन थापा, डा. शेखर कोइराला, प्रकाशशरण महत, एनपी साउद, उदयशमशेर राणा, माओवादीका उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटमा चौथाइवालेको पहलगाम घटनालाई लिएर गम्भीर चिन्ता देखिएको थियो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर र रास्वपा कार्यवाहक सभापति डिपी अर्यालसँगको भेटमा पनि चौथाइवालेको मुख्य चिन्ता र चासो पहलगाम घटनाकै विषयमा थियो ।

‘पहलगाम घटनामा नेपाल सरकार, राजनीतिक दल र नागरिक स्तरबाट भएको भर्त्सनाबाट उहाँहरू सन्तुष्ट नै हुनुहुँदो रहेछ,’ पुनले भने, ‘उहाँहरूले हामीबाट स्पष्ट समर्थनको अपेक्षा गर्नुभएको छ ।’

पुनले यसअघि प्रचण्ड नेतृत्वको सरकार हुँदा भारत र नेपालबीच सम्बन्ध राम्रो रहेको भन्दै चौथाइवालेले प्रशंसा गरेको पनि बताए। उसो भए अहिलेको सरकारप्रति उनको असन्तुष्टि हो त भन्ने हाम्रो प्रश्नमा भने पुनले जवाफ दिएनन् ।

चौथाइवालेको नेपाल आगमनको दोस्रो उद्देश्य होः भारतले नेपालमा राजतन्त्र या हिन्दु राज्य नचाहेको स्पष्ट सन्देश ।

भारतका विदेशमन्त्री एस. जयशंकरको अनौपचारिक दूत बनेर नेपाल आएका चौथाइवालेको भेटघाटको सबै चाँजोपाजो नेपालस्थित भारतीय दूतावासले नै मिलाएको थियो ।

उसले भेटघाटका निमित्त दलका प्रभावशाली तथा विश्वासिला नेताहरू छानेको थियो ।

यसमा भारतको उद्देश्य आफूहरूले नेपालका नागरिकलाई हिन्दु राज्यका लागि उक्साएका छैनौं भनेर जवाफ दिनपर्ने थियो ।

किनभने अहिले नेपालका राजनीतिक दल तथा जनस्तरमा भारतप्रति कुनै आंशका छ भने हिन्दु राज्य बनाउन र पूर्वराजाको समर्थनमा प्रदर्शन गर्न भारतीय समर्थन छ भन्नेमा छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा भएको स्वागत र्‍यालीमा उत्तर प्रदेशका मुख्य मन्त्रीको फोटोसहितको प्लाकार्ड देखेपछि यहाँका दलहरू थप सशंकित छन् ।

गत चैत १५ गते तीनकुनेमा नागरिकको ज्यानै जानेगरी पूर्वराजाका पक्षधरहरूले गरेको प्रदर्शन र तोडफोडले यहाँका दलहरू झस्किएका छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक नै बसेर भारतको संलग्नताबारे प्रष्ट हुने निर्णय नै गरेका थिए ।

त्यसैले नेपाल आएर यतिका नेतालाई भेट्दा आफ्नो कुरा प्रष्ट राख्न पाउनु चौथाइवालेका लागि मौका पनि थियो। त्यसैले प्रत्येक भेटहरूमा उनले नेपालमा राजवादी र हिन्दुवादीहरूको आन्दोलनमा आफ्नो कुनै पनि समर्थन नभएको प्रष्ट पारेका थिए ।

‘भारत राजतन्त्र र हिन्दु राज्यको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव र छैन’, चौथाइवालेको भनाइ उद्धृत गर्दै पुनले भने ।

नेपाली कांग्रेसका नेता एनपी साउदले पनि नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप नगर्ने प्रतिक्रिया चौथाइवालेले दिएको बताए ।

‘हिन्दु राष्ट्र पनि नेपाल आफैं थियो र अहिलेको संविधानमा धर्मनिरपेक्ष पनि हामीले बनाएका हौं । त्यो माग गर्ने मान्छे अहिले पनि नेपालमै छन्,’ साउदले भने, ‘यसका लागि भारतले भूमिका खेल्नै पर्दैन, यो त हाम्रो आन्तरिक मामिला हो नि !’

उनले चौथाइवाले नेपालको अहिलेको राजनीति बारे पनि अध्ययन गर्न आएको आफूले बुझेको बताए ।

‘नेपालको अहिलेको राजनीतिका बारेमा अध्ययन पनि गर्ने र भेटघाटहरूबाट सम्बन्धलाई सुदृढ बनाउने उदेश्य नै उहाँको हो भन्ने मैले बुझेको छु,’ साउदले भने ‘मलाई उहाँले यसो गर्नुस् र नगर्नुस् भन्न आएजस्तो लाग्दैन, बरू यहीँका नेताहरूनै हामीलाई यो आवश्यक छ भनेका होलान् ।’

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२० बैशाख २०८२, शनिबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२० बैशाख २०८२, शनिबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२० बैशाख २०८२, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२० बैशाख २०८२, शनिबार
Next Post
मुख्यमन्त्रीको छातीमा अवैध अस्पताल सञ्चालनमा

मुख्यमन्त्रीको छातीमा अवैध अस्पताल सञ्चालनमा

४२ अर्बभन्दा बढी बक्यौता उठाउन छाडेर १० अर्ब रूपैयाँ ऋण लिने तयारीमा विद्युत् प्राधिकरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh