Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

राजालाई पुनस्र्थापना गर्न जनकपुरधाममा राप्रपाको विरोधसभा

प्रतिक्षा खबर
२०८१ चैत्र ९, शनिबार १८:३३

जनकपुरधाम, चैत ९ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुर्नस्थापना गर्न राप्रपा नेपालले जनकपुरधाममा विरोधसभा गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्गदेनले मुलुकलाई अभिभावकको आवश्यकता रहेकाले राजा अपरिहार्य भएको जिकिर गरेका छन् ।

जनकपुरधामको तिरहितिया गाछीमा आज आयोजित विरोध सभालाई सम्वोधन गर्दै अध्यक्ष लिङ्गदेनले वर्तमान निर्वाचन प्रणालीका अनुसार कुनै एउटा निर्वाचन क्षेत्रको प्रधानमन्त्री मात्रै रहेका कारण प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्नेमा जोड दिए । उनले अहिलेको निर्वाचन प्रणालीले सम्पूर्ण मुलुक र यहाँका जनताको बारेमा सोच्न नसक्ने प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरु पाएका हुनाले प्रधानमन्त्री जनताले चुन्न पाउनुपर्ने निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिए ।

‘जनताले चुनेर प्रधानमन्त्री बनाउछ’ राजा अभिभावकको रुपमा बस्छ उनले भने–‘वर्तमान निर्वाचन प्रणाली बाडिचुडि खाने प्रकारको रहेकाले यसलाई यथाशीघ्र परिवर्तन नगरे मुलुक ठूलो दुर्घटना फस्नेछ ।’

राप्रपा निर्देशक समितिका संयोजक प्रकाशचन्द्र लोहनीले कार्यक्रमलाई सम्वोधन गर्दै हजारौं हजार जनताको हत्या गरेर आएकालाई जनताले उखाले फ्याक्ने विश्वास व्यक्त गरेका थिए । उनले माओवादी द्वन्द्वकालमा आफ्नो एउटा परिवारकोलागि हजारौंको हत्या गरेको आरोप लगाए । उनले भने–‘माओवादी द्वन्द्वकालमा कतिको हत्या भएको हो कसै संग बास्तविक डाटा छ ? कति महिला दिदी बहिनी विधुवा बन्नु पर्यो तर जव जनतामाथि गोली चलाउने वेला भएको थियो राजाले स्वयम राजगद्दी छाडेर जनतामा सवै अधिकार सुम्पेको हामीले विर्सेका छैननौं ।’

राजालाई तानाशाही भन्नेहरु यसै मुलुकमा प्रजातन्त्र र गणतन्त्रमा कतिको वटा आन्दोलन भयो सयौं जनतामाथि बुलेट चलाएको सवैलाई स्मरणनै होला भने । जनताका छोरा राजाका छोरा भन्दा बढी क्रुर र तानाशाही छ उनले भने–‘राजाबारे जनतामा उनीहरु भ्रमछर्कने गरेका छन् त्यसको पछाडि नजानुस ।’ आज राजा जनता संग खुलेर घुम्न सक्छ तर, यस्ता कुन काम गरेका छन् प्रधानमन्त्रीहरुले जो उनीहरुको सुरक्षामा सेना अपरिहार्य छ ?

कार्यक्रमलाई सम्वोधन गर्दै राप्रपाका महामन्त्री ज्ञानेन्द्र बहादुर शाहीले हिन्दुहरु मात्र शंकटमा नरहेको बताउँदै इस्लाम धर्म समेत शंकटमा रहेको दावी गरेका थिए । उनले इस्लामलाई हिन्दुहरुले नै संरक्षण गर्ने जिकिर गर्दै महामन्त्री शाहीले मुलुकलाई जोगाउँने अभिभारा सम्पूर्ण नेपाली जनताको काँधमा रहेको बताएका थिए । २०४६ भन्दा पहिला यहाँ हिन्दु मुस्लिम हुँदैनथ्यो तर आज भाई भाई बीचको द्वन्द्व नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका दलहरुकै कारण भई रहेको आरोप समेत लगाए ।महामन्त्री शाहीले मुलुकलाई जोगाउन राजा मात्र एक विकल्प रहेको बताउँदै राजा विनाको मुलुकमा जनता अभिभावक विहीनताको बोध गरिरहेको उल्लेख गरे । उनले भने–‘जनतामा राजाको बिषयमा भ्रम छर्केर सामन्तीहरु मुलुकलाई तहस नहस बनाएको छ ।’ राजाको पालमा रहेका यहाँका कलकारखाना कस्ले ध्वस्त बनायो ? जनकपुर चुरोट कारखाना कस्ले स्थापना गर्यो र कस्ले ध्वस्त बनायो सवैले हेरेको सुनेको बिषय हो उनले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर