Advertisement
ताजा खबर

जसपा नेपालले तय गर्‍यो अधिवेशनको कार्यतालिका

प्रतिक्षा खबर
२०८१ पुष १, सोमबार १९:५१

मंसिर २८ र २९ गते अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रमुख बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन बैठकले २०८१ चैत्र मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने छ भने सातै प्रदेश समिति र राष्ट्रिय समितिहरूको आगामी २०८२ वैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ । पार्टी मातहतका समितिको अधिवेशन पार्टी विधानले व्यवस्था बमोजिम गरेको हुनुपर्ने भनिएको छ ।

पार्टीसम्बद्ध भ्रातृसंगठनहरुलाई अधिवेशन सम्पन्न गर्नको लागि २०८२ वैशाख मसान्तसम्मको समयसीमा तोकिएको उनले बताए । अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृसंगठनका केन्द्रीय समितिलाई भंग गरी नयाँ प्रक्रियाबाट कार्यको थालनी गरिने बताइएको छ ।

राष्ट्रिय महाधिवेशन सम्पन्न गरी जसपा नेपालले मातहत समिति र भ्रातृ संगठनको अधिवेशन गर्ने कार्यलाई अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर