Advertisement
ताजा खबर
धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन

महामारी नियन्त्रणको लागी जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

प्रतिक्षा खबर
२०७६ चैत्र १८, मंगलवार १८:४३

Aatish jha

जनकपुरधाम, चैत १८ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका काम बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जन धनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिनु भएको छ ।
कोरोना भाइरसका कारण विश्वनै त्रसित भएको बेलामा समान्य रुघा खोकी समेतको उपचारमा चिकित्सक तथा अस्पतालहरुले हेल चक्र्याई गरि रहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूचि तयार गरि प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

उहाँले भन्नु भयो ,‘ राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजी सम्मको कारबाही हुन्छ ।
महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिनु हुँदै मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राख्नु भएको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ–आफनो धारणा राख्नु भएको थियो भने मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले अहिले विषेश परिस्थितमा गर्नु पर्ने काम र कानूनी अवस्थावारेअ ाफनो धारणा राख्नु भएको थियो ।

बैठकमा चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकहरु सहितको उपस्थिति रहेको थियो ।
प्रमुख जिल्ला अधिकारीहरुले महामारी नियन्त्रणको लागी जिल्लामा गरेका प्रयासहरु, र अगामी दिनमा गर्नु पर्ने योजना हरु बारे जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर