Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

सप्तरीमा २जना काेराेना पाेजिटिभ भेटिए

प्रतिक्षा खबर
२०७७ बैशाख २, मंगलवार २२:०४

राजविराज, २ वैशाख । भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा रयापिड  डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईएको हो । आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाईएपछि सात जनाको मङ्गलवार राती राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब संकलन गरी परीक्षणकालागि धरान पठाईएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त टोलीका एक सुरुङ्गा नगरपालिका एक जना रहेकामा बुधबार विहान उनलाई स्वाब परीक्षणकालागि राजविराज ल्याईने छ । स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।
दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गरिएको हो । घरमै बसिरहेको अवस्थामा उनीहरुलाई खोजी गरी अस्पताल पुर्याईएको छ । भारत लगायत विदेशबाट आएका शंकास्पद व्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
यस अघि अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको थियो । मङ्गलवार राती नै स्वाब परीक्षणका लागि पठाईएका सात जनामा दुई जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट पोजेटिभ आए पनि स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र पोजेटिभ वा नेगेटिभ भन्न सकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । तिलाठी कोइलाडी गाउँपालिकाबाट आएका एक जनामा पोजेटिभ आएकोले उनीसँगै आएका मोटरसाइकल चालकलाई समेत तत्कालै आइसोलेसनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर