Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा

प्रतिक्षा खबर
२०८३ श्रावण ११, सोमबार २२:०७

मलंगवा, सर्लाही, साउन ११ — सर्लाही प्रहरीले करिब १२ लाख १५ हजार ७५० रुपैयाँ बराबरको अवैध मदिरा र एक पिकअप गाडी नियन्त्रणमा लिएको छ।

‎जिल्लाको बलरा नगरपालिका–३ लक्ष्मीपुरमा अवैध मदिरा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गडहिया, इलाका प्रहरी कार्यालय बलरा तथा सीमा सुरक्षा चौकी (बीओपी) छतैनाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार छापा मारेको थियो।

‎प्रहरीका अनुसार स्थानीय ज्ञानेन्द्र झाको भुसको गोठमा प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको पिकअपबाट मदिरा अनलोड गर्दै गरेको अवस्थामा प्रहरीले मदिरा, पिकअप र दुई जनालाई नियन्त्रणमा लिएको हो।

‎नियन्त्रणमा पर्नेमा पिकअप चालक धनकौल गाउँपालिका–१ निवासी ३१ वर्षीय राजकुमार महतो तथा मदिराका धनी बलरा नगरपालिका–३ लक्ष्मीपुर निवासी ३७ वर्षीय ज्ञानेन्द्र झा रहेका छन्।

‎प्रहरीले २५० कार्टुन करिस्मा सौफी, ४७ कार्टुन गौरव सौफी, ४ कार्टुन १३ पिस ब्ल्याक एसी, ४ कार्टुन बियर, १ कार्टुन मैरिगोल्ड मदिरा तथा करिब १० लाख रुपैयाँ मूल्यको पिकअप गाडी नियन्त्रणमा लिएको हाे ।

‎बरामद गरिएका मदिरा र पिकअपसहितको कुल मूल्य १२ लाख १५ हजार ७५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय मलंगवा, सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर