Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै

प्रतिक्षा खबर
२०८१ फाल्गुन २९, बिहीबार १४:२१

परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् ।

जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा विश्राम गर्नेछन् ।

फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत रूपमा प्रारम्भ भएको थियो ।

फागु पूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् । यस परिक्रममा लाखौंं श्रद्धालुहरु सहभागी हुने गर्दछन् ।

१५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म १३३ किलोमिटरको यात्रा गरिन्छ ।

धार्मिक जनविश्वासअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू विभिन्न रोग, दुःख–कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने आस्था राख्छन् । त्यसैले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको बिहार— सितामढी, मधुबनी, दरभंगा आदि स्थानहरूबाट हजारौं श्रद्धालु एवं साधु–सन्तहरू यसमा सहभागी हुने गर्छन् ।

परिक्रमा यात्रामा सहभागीहरूले खानपानका सामग्री तथा आवश्यक बन्दोबस्तीका सामानसहित यात्रा गर्छन् । परम्परागत बाजागाजा, झाँकी, कीर्तन तथा मौलिक पहिरनमा विशेषतः पाका उमेरका नर–नारीहरू सहभागी हुने गर्छन् ।

शुक्रबार परिक्रमा समापन भएसँगै पर्सी शनिबार मिथिलाञ्चलभरि होली पर्व उल्लासका साथ मनाइनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर