• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान


५ फागुन, काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय ३० फागुनमा मृत फेला परिन् । दलित समुदायकी रिंकु आफ्नै ‘भुँई घर’ मा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा साँझ करिब ७ बजे उनको शव फेला परेको थियो ।

परिवार, आफन्त तथा स्थानीयमार्फत इलाका प्रहरी कार्यालय लाहानलाई घटनाको जानकारी गराइयो । इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि शव उठाएर लग्यो ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डीएसपी विष्णुप्रसाद सोतीका अनुसार प्रहरी घटनास्थल पुग्दा रातिको ९ बजिसकेको थियो । घटनास्थलमा किशोरी रिंकुकी आमा र उनका भाइ थिए भने घरको ढोका खुलै थियो ।

रिंकुको मृत्यु भएको करिब एक साता पुग्न लाग्दा घटना रहस्यमय र विवादित बन्न पुगेको छ । उनको मृत्युअघि भएका घटना/परिघटनाले रिंकुको मृत्यु स्वभाविक नरहेको देखाएको छ । रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको छ ।

आमा र एक भाइका साथ बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्‍थामा घरबाहिर फेला परिन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामुहिक बलात्कार गरे,’ रिंकले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।

आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी उनै रिंकु त्यसको चार दिनपछि ३० फागुन साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिइन् । रिंकुको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । सामूहिक बलात्कार भएको विषय रिंकुको मृत्युपछि परिवारले समेत उठाउँदै आएको नवराजपुर–१ का वडाध्यक्ष नवीनकुमार यादव बताउँछन् ।

‘त्यतिबेला के–के भयो मलाई जानकारी भएन । तर रिंकुको मृत्यु भएपछि उनीमाथि सामूहिक बलात्कार भएको परिवारले बताउँदै आएका छन्,’ वडाध्यक्ष यादवले अनलाइनखबरसँग भने ।

डेढ लाखमा घटना सामसुम पार्न लागेको आरोप

परिवारले रिंकुमाथि बलात्कारको आरोप लगाए पनि प्रहरीमा भने आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ

मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको छ । न्यायका लागि भन्दै २९ माघमा गाउँ-समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।

यो विषयमा मिलापत्र गर्न भन्दै हाल फरार रहेका रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । त्यतिबेला वादविवाद समेत भएको थियो । अर्कोतर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् ।

३० फागुनमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएको एक स्थानीय बताउँछन् । अन्य व्यक्तिको पनि संलग्नता रहेको बताउँदा पनि आफ्नो छोरालाई मात्रै जरिवाना तिराउने निर्णयमा सहमति नरहेको देवानन्दको भनाइ थियो । त्यसपछि झडपको स्थिति समेत आएको थियो । पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

‘रिंकुले आत्महत्या गरिन् भन्ने खबर आयो । अनि मैले नै प्रहरी चौकी बसबरियालाई खबर गरेँ । घटनास्थलमा पुगेपछि मात्रै बलात्कार र पञ्चायती बसेको कुरा परिवारबाट जानकारी पाएँ,’ वडाध्यक्ष यादव भन्छन् ।

प्रहरीले भने सामूहिक बलात्कारको घटनामा पञ्चायती सभा बसेर मिलापत्र गर्न खोजेकोबारे आफूहरुलाई जानकारी नभएको दाबी गरेको छ ।

लहानका प्रमुख तथा डीएसपी सोती भन्छन्, ‘यो कोणबाट अहिले हामीले पनि अनुसन्धान गरिरहेका छौं । तर पीडित परिवारले अहिले हामीलाई यस विषयमा केही बताउनुभएको छैन ।’

आरोप बलात्कार, मुद्दा दुरुत्साहन

परिवारले रिंकुमाथि बलात्कारको आरोप लगाए पनि प्रहरीमा भने आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले १९ वर्षीय स्थानीय रुपेश मण्डलविरुद्ध रिंकुका काका राम सदायले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिएको बताए ।

‘बाहिर सामूहिक बलात्कार भन्ने हल्ला चले पनि हामीकहाँ दुरुत्साहनको जाहेरी आएको छ । सोही अनुसार अनुसन्धान अघि बढाइरहेका छौं,’ पासवानले अनलाइखबरसँग भने, ‘अनुसन्धानका क्रममा बलात्कार खुलेमा त्यसमा पनि अनुसन्धान अघि बढाउँछौं ।’

प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिका रिंकुले आत्महत्या गरेको र त्यसको कारण रुपेश रहेको आरोप लगाइएको उनको भनाइ छ । ‘रिंकु र रितेशको पहिलेदेखि नै प्रेम रहेको तर रुपेशको घरपरिवारले नस्वीकार्ने कुरा गरेपछि आत्महत्या गरेको’ काका राम सदायले दिएको जोहरीमा उल्लेख छ ।

यो घटनामा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । आरोपित रुपेश फरार छन् भने अन्यको हकमा जाहेरी नै नआएको भन्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छैन ।

सुरुवाती क्रममा सामूहिक बलात्कार आरोपको दाबी गरेका रिंकुका परिवारका सदस्यहरु समेत अहिले होस्टायल भएको हुनसक्ने बताइएको छ । उनीहरुले अहिले यो विषयमा खुलेर बताउन समेत चाहेका छैनन् ।

यता, पोस्टमार्टमका लागि रिंकुको शव धरान पठाइएको त्यसको रिपोर्ट आउन बाँकी नै छ । उक्त रिपोर्टमा बलात्कार रहेको खुलेमा सोही अनुसार अनुसन्धान अघि बढाउने दाबी प्रहरीको छ ।

मजदुरी गर्न भारत पुगेका रिंकुका बुबा बिजुलिया सदाय अहिले घर फर्केका छन् । छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेका छन् भने डर-त्रासको कारण घटनाबारे बोल्न छाडेका छन् ।

धरानमा पोस्टमार्टमपछि शव सद्गद्

सुरुवाती क्रममा घटनास्थलको मुचुल्का गरेर प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लाहान पठाएको थियो । तर रिंकुमाथि सामूहिक बलात्कार भएको दाबी परिवारले गरेपछि पोस्टमाटर्मका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले धरानमा पोस्टमाटर्मको काम सकिएपछि शनिबार शव परिवारको जिम्मा लगाइएको बताए । शनिबार नै परिवारले रिंकुको शव सद्गद् गरिसकेका छन् । यद्यपि, उनीहरुले रिंकुमाथि सामूहिक बलात्कार भएको दाबी गर्न भने छाडेका छैनन् ।

अहिले पोस्टमाटर्म रिपोर्ट आउन बाँकी नै रहेकाले बलात्कार भयो/भएन भन्ने यकिन हुन बाँकी नै रहेको मधेश प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी लालमणि आचार्य बताउँछन् । ‘घटना गम्भीर प्रकृतिको देखिएकाले सोही अनुसार अनुसन्धान गर्न भनेका छौं । सामूहिक बलात्कार हो/होइन भन्ने यकिन हुन बाँकी नै छ,’ डीआईजी आचार्यले अनलाइखबरसँग भने ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार बलात्कारपछि आत्महत्या भएको परिवारको दावीपछि संवेदनशीलतालाई ख्याल गरी शवलाई पोस्टमार्टमको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पोष्टमार्टमको लागि पठाइएको थियो । शव पोस्टमार्टम भएर आएपछि शनिबार संस्कार गरिएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

५ फाल्गुन २०८१, सोमबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

५ फाल्गुन २०८१, सोमबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

५ फाल्गुन २०८१, सोमबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

५ फाल्गुन २०८१, सोमबार
Next Post

कुम्भमेलामा स्नान गर्न गएका तिर्थालुको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु

निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य

निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh