Advertisement
ताजा खबर
महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान स्वास्थ्यमन्त्रीको स्पष्टीकरण : ट्रमा सेन्टर ढल्केबरमै बन्छ विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणकाे सहमति

प्रतिक्षा खबर
२०७७ बैशाख ११, बिहीबार ०५:४६

प्रतीक्षा खबर
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएकाे छ ।
समाजवादी पार्टी र राजपा नेपालबीच भएको सहमतिअनुसार नयाँ गठन गरिने एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुनेछ।
‘एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ,’ सहमतिमा भनिएको छ।
एकिकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।
सो सहमति पत्रमा राजपा नेपालका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीका तर्फबाट बाबुराम भटराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले गरेका छन्।
राजपा नेपालको अध्यक्षमण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झाको हस्ताक्षर सो सहमति पत्रमा छैन।
हस्ताक्षरपछि गरिएको सामुहिक फोटोमा पनि ती दुई नेता देखिएका छैनन्।
किन भयो रातारात एकीकरण?
सरकारले सोमबार अचानक अध्यादेश ल्याई राजनीतिक दल बिभाजनलाई सहज बनाएपछि दुई दलबीच रातारात एकीकरण गर्ने सहमति भएको हो।
सरकारले सोमबार पारित गरेको अध्यादेशले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यले चाहेमा सो पार्टी विभाजन गर्न सक्ने प्रावधान ल्याएपछि पार्टी विभाजन सहज भएको हो।
यसअघिको प्रावधानअनुसार कुनै पार्टीको केन्द्रीय सदस्य र संसदीय दल दुवैतर्फका ४० प्रतिशतले चाहेमा मात्र कुनै दल विभाजन गरी नयाँ दल गठन हुन सक्थ्यो।
नयाँ प्रावधानअनुसार समाजवादी पार्टीका सांसदहरुले ४० प्रतिशत पुर्‍याई नयाँ पार्टी गठन गर्ने तयारी गरेको सुइँको पाएर राजपा र समाजवादीबीच एकीकरणको सहमति भएको हो।
समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, सचिव इस्तियाक राइ लगायतले नयाँ दल गठन गर्ने तयारी गरेको बताइएको थियो।
उनीहरुले नयाँ दल गठन गर्नुअघि नै दुई दलबीच एकीकरण गरिएको हो। अब नयाँ पार्टी दर्ता भएपछि त्यसबाट छुट्टिन चाहनेले एकिकृत पार्टीकाे ४० प्रतिशत पुर्याए मात्र दलकाे मान्यता पाउनेछ।
तर, रेणु पक्षले पनि प्रयास जारी राखेको बताइएको छ।
एकीकरण गर्ने पक्षभन्दा पहिले नै नयाँ दल गठन गर्ने पक्ष निर्वाचन आयोग गएर दर्ता गर्न भ्याएमा त्यसले मान्यता पाउनेछ।
स्राेतहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीबाट फुटेका सांसदहरुकाे पहिले नयाँ दल गठन गर्ने र त्यसपछि नेकपामै प्रवेश गराउने याेजना अनुसार अध्यादेश ल्याएका हुन्।
त्यहि चाल पाएर राजपा नेपाल र समाजवादीबीच एकीकरण गरिएकाे हाे।
पहिलेदेखि एकीकरणका लागि वार्ता गरिरहेका यी दुइ पक्षबीच अन्तत: सरकारले ल्याएकाे अध्यादेशकै कारण एकता हुन पुगेकाे छ भने रेणु यादव पक्षकाे ४० प्रतिशत पुर्याएर नयाँ दल गठन गरी प्रधानमन्त्री ओलीसँग एलायन्स गर्ने याेजना पुरा हुन्छ हुँदैन अनिश्चित छ। नेपाल खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर