Advertisement
ताजा खबर

काेराेना महामारी नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ का प्रदेशसभा सदस्य महतोले १ करोड रकम दिने गरे घोषणा

प्रतिक्षा खबर
२०७६ चैत्र १६, आईतवार १०:०२

प्रतीक्षा खबर
रामगाेपालपुर चैत १६गते
विश्वभर फैलिदै गरेकाे काेराेना महामारी नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोले १ करोड रकम दिने घोषणा गरेका छन् ।प्रदेश सरकारले गठन गरेको राहत कोषण्मा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रुपैँया दिने सांसद महतोले घोषणा गरेका हुन् ।आइतवार समाजिक संजाल फेसबुक मार्फत सांसद महतोले उक्त घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘कोरोना महामारी नियन्त्रणको लागी प्रदेश सरकारद्वारा गठित राहत कोषमा म आफ्नो प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ दिने घोषणा गर्दछु।’उनले यसकालागि प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरिदिन समेत प्रदेश सरकारसँग अनुरोध गरेका छन् ।सभार टुडेपाटि

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर