Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन् : काँग्रेस प्रवक्ता महत

प्रतिक्षा खबर
२०८१ चैत्र २६, मंगलवार १९:५९

राजविराज, चैत २६ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले नेपाली जनतालाई राजाले पटक पटक धोका दिएका कारण अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।

मंगलबार राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा नेपाल प्रेस युनियन सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । “नेपाली जनताले राजतन्त्रबाट विभिन्न कालखण्डमा धोका मात्र पाएका छन्, डा. महतले भने–अब फेरी राजतन्त्रलाई जनताले किमार्थ स्वीकार्ने छैनन् ।” गणतन्त्रका बिरुद्धमा कतै कतै बिरोधका स्वरहरु सुनिन थालिएको प्रति संकेत गर्दै उनले सरकारले आफ्नो कमिकमजोरी भए त्यसलाई सुधारेर जनविश्वास कायम गर्दै अघि बढ्नु आवश्यक रहेको सुझाव समेत दिए ।

विद्यमान संघीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहेपनि कतै कतैबाट आउने बिरोधलाई रोक्न शासन शैलीमा भएका कमिकमजोरी हटाउँदै अघी बढ्नु पर्ने उनको भनाई थियो । पार्टीको महाधिवेशन बारे सोधिएको जिज्ञासामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता महतले आगामी मंसिरमा पार्टी अधिवेशन भएको चार वर्ष पुग्ने भएपनि थप एक वर्ष बढाइने संकेत गरे । “विधान तहत थप एक वर्ष बढाउने हामीलाई सुविधा छ, उनले भने – यसबारे केन्द्रिय समितिको बैठकबाट टुंगो लगाउन बाकी नै छ ।

पार्टीमा संगठन भन्दा पनि कतै कतै व्यक्तिवादी चरित्र हावी हुन थालेको टिप्पणी गर्दै उनले व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीको हितलाई प्राथमिकतामा राखी काम गर्न आवश्यक रहेको बताए ।

प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कुमार कर्णको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल लगायतको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर