Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

अन्तिम बलमा राशिदको चौकासँगै राजस्थानमाथि गुजरातको रोमाञ्चक जित

प्रतिक्षा खबर
२०८० चैत्र २९, बिहीबार ०८:३५

अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्समाथि तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो ।
१९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साई सुदर्शन ३५, विजय शंकर १६, राहुल टेवाटिया २२ र राशिद खानले २४ रन बनाए ।
गुजरातलाई अन्तिम ओभरमा जित्नलाई १५ रन चाहिएको थियो । अन्तिम बलमा २ रन चाहिंदा आवेश खानलाई राशिद खानले चौका हान्दै रोमाञ्चक जित दिलाए ।
राजस्थानका कुलदिप सेन ३, युजभेन्द्र चहल २ र आवेश खानले १ विकेट लिए ।
त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । राजस्थानका रियान परागले ४८ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७६ रन बनाए । सन्जु स्यामसन ३८ बलमा ७ चौका र २ छक्कासहित ६८ रन बनाए । तेस्रो विकेटला लागि सन्जु र रियानले ७८ बलमा १३० रनको शतकीय साझेदारी गरेका थिए ।
ओपनर यशस्वी जैसवाल २४, जस बटलर ८ र शिम्रन हेटमायरले १३ रन बनाए । गुजरातका राशिद खान, मोहित शर्मा र उमेश यादवले एक/एक विकेट लिए ।
राजस्थान ५ खेलमा ४ मा जित र एक मा हारसहित ८ अंकका साथ शीर्षस्थानमा छ । गुजरात ६ खेलमा समान ३ मा जित र हारसहित छैटौं स्थानमा छ । समान ६ अंक भए पनि नेटरनरेटको आधारमा कोलकाता दोस्रो, लखनउ तेस्रो, चेन्नाइ चौथो र हैदराबाद पाँचौ स्थानमा छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर