Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

लोकप्रिय मतमा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो

प्रतिक्षा खबर
२०८१ मंसिर १८, मंगलवार २०:१३

स्थानीय तह उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशका स्थानीय तहका ८ पदको मतपरिणाम आइसकेको छ । ८ पदमध्ये एउटा पालिका अध्यक्ष र ७ वडा अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडा अध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ ।

यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले दुई–दुई वडा अध्यक्षमा र एक वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

२०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा ती ८ पदमध्ये कांग्रेसले पालिका अध्यक्षसहित ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो ।

लोकप्रिय मतमा पनि माओवादी पहिलो देखिएको छ । मतपरिणाम अनुसार कांग्रेसले लालीगुराँस ८ बाहेक यसअघि जितेका सबै स्थान गुमाएको छ । उसले यसअघि एमालेले जितेको सुनसरीको गढी–६ मा भने जित निकालेको छ ।

यस्तै यसअघि जितेको कन्काई–६ र गढी–६ मा पराजित भएको एमालेले २०७९ को निर्वाचनमा कांग्रेसले जितेको ताप्लेजुङको सिरिजङ्गा–३ र ओखलढुङ्गाको मोलुङ–५ मा भने जित दर्ता गरेको छ । एमालेले अघिल्लो पटक जितेको कन्काई–६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदयपुरको त्रियुगा–१२ र बेलका–९ जितेको छ ।

माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको थियो । कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भएको छ ।

मत परिणाम अनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले कांग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पाएको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार राप्रपाले ७२६ र रास्वपाले ९२९ मत ल्याएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा कांग्रेसले १० हजार ६५१ मत ल्याएको थियो । यस्तै एमालेले ९ हजार ४५१ र राप्रपाले ५०३ मत पाएको थियो । उक्त तथ्याङ्क हेर्दा कांग्रेसको मत २ हजार ५८७ मत र एमालेको १ हजार ९२१ मत घटेको छ ।

राप्रपाले अघिल्लो निर्वाचनको तुलनामा २२३ मत बढाएको छ । रास्वपा भने पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको थियो । उसले उपनिर्वाचनमा ८ पदमा प्रतिस्पर्धा गरेको थियो । जसमा ९२९ मत ल्याएको छ ।

उपनिर्वाचन भएका ग्रामथान, गढी, त्रियुगा, बेलका, सिरिजङ्गा र लालीगुराँसमा माओवादीको मत बढ्दा कन्काई र मोलुङमा थोरै घटेको छ । ग्रामथान, त्रियुगा, बेलका, मोलुङ, सिरिजङ्गा र लालीगुराँसमा कांग्रेसको मत घट्दा कन्काई र गढीमा बढेको छ ।

यस्तै एमालेको ग्रामथान, कन्काई, सिरिजंगा र लालीगुराँसमा मत घट्दा गढी, बेलका, त्रियुगा र मोलुङमा बढेको छ । माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ धेरैका लागि अहिलेको उपनिर्वाचनको परिणाम अनपेक्षित लागे पनि आफूहरूलाई अपेक्षित नै लागेको बताए ।

‘मैले एक महिना अगाडि नै यो रिपोर्ट केन्द्रीय कार्यालयलाई दिएको थिएँ,’ नेम्वाङले भने, ‘१ पालिका अध्यक्ष र ३ वडा जित्ने भनेका थियौँ । तर २ वटा वडामात्रै जितेका छौँ ।’

आफ्नो पार्टीले विभिन्न मत सर्भेक्षण गरेर एक महिना अगाडि नै यो अपेक्षा गरेको उनको दाबी छ । उनले आगामी ०८४ सालको निर्वाचनमा ६४ सालकै हैसियतमा पार्टीलाई पुर्‍याउन आवश्यक तयारी सुरु गरिसकेको पनि बताए ।

‘हामी काममा लागिसकेका छौँ । ०८४ को चुनावमा हामी ६४ माजस्तै जित निकाल्छौँ,’ नेम्वाङले भने ।

योजनाबद्ध र संगठित रूपमा पार्टीको सिङ्गो पंक्ति परिचालन गरेको कारण नतिजा दिन सफल भएको माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेल बताउँछन् । गजुरेल कोशीको इन्चार्ज भएर आएपछि पार्टीका केन्द्रीय सदस्यसम्मका नेतालाई वडाको जिम्मा दिएर खटाएका थिए ।

पछिल्लो चरणमा निर्वाचन हुने पालिका र वडामा पार्टीको टिम केन्द्रीत गरेर एक महिना अगाडिदेखि परिचालन गर्दा नतिजा निस्किएको उनले बताए । ‘अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको सुशासनको पक्षको कामबारे जनताको बिचमा सही सूचना पुर्‍याउन सक्यौँ । जसले गर्दा माओवादी विरुद्धको भ्रम चिरियो र २०६४ कै अवस्थामा हामी पुग्यौँ,’ गजुरेलले भने ।

२०६४ मा तत्कालीन कोचिला प्रदेशका इन्चार्ज उनै गजुरेल थिए । त्यसबेला झापा, मोरङ र सुनसरीलाई माओवादीले कोचिला प्रदेश भन्ने गरेको थियो । तीन जिल्लामा संविधान सभाको २२ सिटमध्ये माओवादीले गजुरेलकै नेतृत्वमा १० सिट जितेको थियो । सो निर्वाचनमा एमाले नेता केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेस नेता विश्वप्रकाश शर्मा, एमाले नेता गुरु बरालसहितका नेताहरू माओवादी उम्मेदवारसँग पराजित बनेका थिए ।

उपनिर्वाचनमा कुन स्थानको नतिजा कस्तो ?

  • ग्रामथान गाउँपालिका अध्यक्ष

२०७९ को निर्वाचनमा मोरङको ग्रामथानमा तेस्रो स्थानमा रहेको माओवादीले अहिले फराकिलो अन्तरसहित जित निकालेको छ । गत निर्वाचनमा माओवादी केन्द्रका विजयकुमार सरदारले जम्मा २ हजार ७२७ मत पाएकोमा अहिले ४२२४ मत थप गरेर ६ हजार ९६९ मत प्राप्त गर्दै नमोनारायण माझीले जित निकालेका हुन् ।

ग्रामथानमा कांग्रेसले २ हजार २७२ मत गुमाउँदा बलराम सरदारले ५३३३ मत पाएका छन् भने एमालेले १ हजार ९२४ मत गुमाएपछि तुलसीराम विश्वास ४ हजार १५९ मतमा सीमित भए । गत निर्वाचनमा कांग्रेसका जयप्रसाद गच्छदार ७६०६ मतसहित विजयी बन्दा एमालेका शिवनारायण माझीले ६०९३ मत पाएका थिए ।

  • कन्काई– ६, झापा

गत निर्वाचनमा ५०८ मत ल्याएर कन्काई–६ को वडाध्यक्षमा जितेको एमालेले अहिले १५२ मत गुमाउँदा तुलाराम बस्नेतले ३५६ मतमात्र प्राप्त गरे । गत निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली अहिले ४९३ मतसहित विजयी भएका छन् । यसअघि उनले ४४० मतमात्रै पाएका थिए ।

सो वडामा गत निर्वाचनमा कांग्रेसका केशव बिमलीले २०९ मतमात्र पाएकोमा अहिले कांग्रेसको मत १०८ ले बढेको छ । कांग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरे । माओवादी केन्द्रले भने सो वडामा १७ मत गुमाएको छ । अघिल्लो निर्वाचनमा माओवादीका रेवतबहादुर रेग्मीले २९४ मत पाएका थिए । अहिले गणेशबहादुर थापाले २७७ मतमात्रै पाए ।

  • गढी– ६, सुनसरी

अघिल्लो निर्वाचनमा सुनसरीको गढी गाउँपालिकामा ७१२ मतसहित एमालेका सदानन्द उराउ विजयी भएकोमा अहिले एमाले तेस्रो भएको छ । सो वडामा सबै दलले मत बढाउँदा यसअघि तेस्रो भएको कांग्रेसका तेत्तर साहुले सबैभन्दा धेरै ४०० मत बढाएर जित निकालेका छन् ।

FB_IMG_1733096927057-768x358

गत निर्वाचनमा कांग्रेसका तिलेश्वर चौधरीले ४१६ मत पाएकोमा कांग्रेसले यस पटक ८१६ मत पाएको छ । गत निर्वाचनमा पाएको मतभन्दा एमालेका शन्तु उरावले पनि ५८ थपेर ७७० मत प्राप्त गरे । गत निर्वाचनमा ४२४ मत पाएका माओवादीका कुशेश्वर खेरवारले ३७० मत थपेर ७९४ मत पाएका छन् ।

  • त्रियुगा– १२, उदयपुर

उदयपुरको त्रियुगा १२ मा पनि माओवादीले चमत्कारिक जित निकालेको छ । गत निर्वाचनमा फराकिलो अन्तरसहित तेस्रो स्थानमा रहेको माओवादीका नविनकुमार वान्तवाले ५१९ मत बढाएर साविक विजेता कांग्रेसका उम्मेदवारलाई तेस्रो स्थानमा धकेल्दै जित निकालेका हुन् ।

jhfg

अघिल्लो निर्वाचनमा माओवादीले ४०४ मत प्राप्त गरेकोमा अहिले ९२३ मत पाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका चुडाराज काफ्लेले ४२९ मत पाएर विजयी भएकामा अहिले कांग्रेसका सञ्जीव काफ्लेले ८० मत कम अर्थात् ३५९ मत प्राप्त गरे ।

अघिल्लो पटक एमालेका रमेश राउत क्षेत्रीले ४०८ मत पाएकोमा अहिले लक्ष्मीनारायण चौधरीले २०० मत थपेर ६०८ मतसहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

  • मोलुङ– ५, ओखलढुङ्गा

ओखलढुङ्गाको मोलुङ–५ मा अघिल्लो निर्वाचनमा कांग्रेसका गोपिकृण कार्की ३८४ मतसहित विजयी भएकोमा यसपटक कांग्रेसका घनश्याम दाहालले १७७ मतमात्र प्राप्त गर्दा पराजित भए ।

okhaldhunga1

अघिल्लो निर्वाचनमा एमालेका गोपाल नेपालले ३७० मत पाएकोमा यो निर्वाचनमा २९ मत थपेर एमालेका उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मतसहित जित निकाले । सो वडामा माओवादीका मानबहादुर सुनुवारले अघिल्लो निर्वाचनमा ३० मत पाएकोमा अहिले उनैले ७ गुमाएर २३ मात्र पाएका छन् ।

  • सिरिजंघा–३, ताप्लेजुङ

ताप्लेजुङको सिरिजंघा ३ मा गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार टिकाप्रसाद बोखिम ४०३ मतसहित विजयी भएका थिए । यसपटक कांग्रेसले १८५ मत गुमाउँदा भिमकुमार लक्सम्बा २१८ मतसहित तेस्रो स्थानमा खुम्चिए ।

1733198653_oo

एमालेकी कुमारी साउदेनले अघिल्लो निर्वाचनमा ३९९ मत पाएकोमा ४६ मत घटेर ३५३ पाए पनि विजयी भइन् । अघिल्लो निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको माओवादीका अम्बी साउदेन २५१ मतसहित दोस्रो भए ।

  • लालीगुराँस–८, तेह्रथुम

अघिल्लो निर्वाचनमा कांग्रेसका तेजमान लिम्बूले ५२४ मतसहित जितेको तेह्रथुमको लालीगुराँस–८ मा ७४ मत घटे पनि कांग्रेसकै नगेन्द्र लिम्बू ४४० मतसहित निर्वाचित भएका छन् ।

सो वडामा अघिल्लो निर्वाचनमा एमालेका तुलसीराम खनालले ४१३ मत पाएकोमा यस पटक बुद्धबहादुर लिम्बूले ५३ कम अर्थात् ३६० मत पाए । अघिल्लो निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको माओवादीका कुमार विश्वकर्माले भने २६ मतमात्र प्राप्त गरे ।

  • बेलका–९, उदयपुर

468659095_8748578828524312_1449932251203146200_n

अघिल्लो निर्वाचनमा बेलका ९ मा कांग्रेसका पदमबहादुर खड्का ६७१ मतसहित विजयी हुँदा १७६ मतसहित चौथो भएको माओवादीले शानदार जित निकालेको छ । माओवादीका भरत घिमिरेले ५५९ मतसहित जीत निकाल्दा कांग्रेसका नवराज बस्नेत ४०४ मतसहित तेस्रो भए । गत निर्वाचनमा एमालेका रणजीत राईले ५४८ मत पाएकोमा यस पटक मोहन खड्काले ५२५ मत प्राप्त गरे । बेलका–९ मा गत निर्वाचनको तुलनामा माओवादी केन्द्रले ३८३ मत बढाउँदा कांग्रेसले २६७ र एमालेले २३ मत गुमाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर