Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र १३, शनिबार १०:४२

सुरेश बिडारी
१३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । राति ११ः५५ बजे उनको मृत्यु भएको थियो ।
अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेको थियो । शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । स्थिति गम्भिर भएपछि तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । राति ११ः४१ बजे मुग्लिङ पुग्दा उनको मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
यस्तै गएराति वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४८ जना पुगेको छ । पर्साका मात्रै ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर