Advertisement
ताजा खबर
रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु

जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन सभामुखले चौथोपटक पनि गरे इन्कार

प्रतिक्षा खबर
२०८१ मंसिर ७, शुक्रबार १६:५८

७ मंसिर,  सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा)लाई पदबाट हटाउन चौथोपटक पनि इन्कार गरेका छन् ।

जनमत पार्टीले पेस गरेका ‘डकुमेन्ट विश्वसनीय नभएको’ भन्दै सभामुख घिमिरेले सांसद सापकोटालाई नहटाउने निर्णय गरेका हुन् ।

जनमत पार्टीले अनुशासन विपरीतको काम गरेको भन्दै सापकोटालाई कारबाहीको निर्णय गरेको थियो । साथै पार्टीले कारबाही गरिसकेको भन्दै सांसद पदबाट पनि हटाउन माग गर्दै जनमत पार्टीका संसदीय दलका नेता सीके राउतले सभामुखलाई पत्र पठाएका थिए ।

तर सभामुख घिमिरेले आज कम्बोडिया जानुअघि सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले भने, ‘जनमत पार्टीले जुन डकुमेन्ट पेस गरेको छ, त्यो नमिलेकाले सूचना टाँस गर्नुपरेन ।

सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।

सांसद सापकोटाले भने आफूले गलत गरेको प्रमाणित गरेर देखाउन सीके राउतलाई चुनौती दिएकी छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर