Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

सीमानाका खुलाउन माग राख्दै सर्लाही जिल्ला बन्द

प्रतिक्षा खबर
२०७७ पुष १, बुधबार १७:३७

सर्लाही, पुस १ गते
नेपाल भारत सीमा नाका खुलाउन माग राख्दै बुधबार सर्लाही जिल्ला बन्द गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो ।
भारतसँगको सीमा नाका खोलाउनुपर्ने र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै आफूहरुले जिल्ला बन्द गराएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिए ।
उनका अनुसार जिल्लाभरका बजार, पसल, सरकारी कार्यालय, बैंकसहितका वित्तीय संस्था र यातायात समेत बन्द गर्न आह्वान गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेका थिए । उनको आह्वान बमोजिम जिल्लाका सम्पूर्ण पसल बन्द गरिएको छ ।
यी दुई माग राख्दै सर्वपक्षीय संघर्ष समितिले गत मंसीर २१ गतेदेखि नै सदरमुकाम मलंगवामा धर्ना दिइँदै आएको छ ।
सोही संघर्ष समितिको आह्वानमा मंगलबार सदरमुकाम बन्द गरिएको थियो भने बुधबार जिल्ला बन्द गरिएको छ ।
संघर्ष समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख चौधरीले हुलाकी राजमार्ग योजना अनुसार निर्माण गर्नुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नगरवस्तीमा नाला बन्नुपर्ने र भारतसँगको सीमा खोल्नुपर्ने माग आफूहरुलाई उठाउँदै आएको बताए ।
माग पूरा नभएसम्म आफूहरुले आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ छ ।
संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव सदरमुकाम तथा दक्षिणी भेगमा देखिएपनि उत्तरी क्षेत्रमा पसल र यातायात खुल्ला नै रहेको छ ।
जिल्लामा सीमा खोल्न आन्दोलन सुरु भएपछि नै जिल्ला प्रशासन कार्यालयले सीमा खोल्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको सलाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
उनका अनुसार सबै कुरा सामान्य अवस्थामा फर्किँदा सीमा बन्द गर्नुपर्ने औचित्य नभएको भन्दै गृहमन्त्रालयमा पत्र पठाइसकेका छौं । हालसम्म उताबाट कुनै जवाफ आउन नसकेकोले सीमा खोल्न नमिलेको उनको भनाइ छ । टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर