Advertisement
ताजा खबर
बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित

☰

सीमानाका खुलाउन माग राख्दै सर्लाही जिल्ला बन्द

प्रतिक्षा खबर
२०७७ पुष १, बुधबार १७:३७

सर्लाही, पुस १ गते
नेपाल भारत सीमा नाका खुलाउन माग राख्दै बुधबार सर्लाही जिल्ला बन्द गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो ।
भारतसँगको सीमा नाका खोलाउनुपर्ने र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै आफूहरुले जिल्ला बन्द गराएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिए ।
उनका अनुसार जिल्लाभरका बजार, पसल, सरकारी कार्यालय, बैंकसहितका वित्तीय संस्था र यातायात समेत बन्द गर्न आह्वान गर्दै मंगलबार प्रेस विज्ञप्ति जारी गरेका थिए । उनको आह्वान बमोजिम जिल्लाका सम्पूर्ण पसल बन्द गरिएको छ ।
यी दुई माग राख्दै सर्वपक्षीय संघर्ष समितिले गत मंसीर २१ गतेदेखि नै सदरमुकाम मलंगवामा धर्ना दिइँदै आएको छ ।
सोही संघर्ष समितिको आह्वानमा मंगलबार सदरमुकाम बन्द गरिएको थियो भने बुधबार जिल्ला बन्द गरिएको छ ।
संघर्ष समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख चौधरीले हुलाकी राजमार्ग योजना अनुसार निर्माण गर्नुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नगरवस्तीमा नाला बन्नुपर्ने र भारतसँगको सीमा खोल्नुपर्ने माग आफूहरुलाई उठाउँदै आएको बताए ।
माग पूरा नभएसम्म आफूहरुले आन्दोलनलाई निरन्तरता दिइने उनको भनाइ छ ।
संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव सदरमुकाम तथा दक्षिणी भेगमा देखिएपनि उत्तरी क्षेत्रमा पसल र यातायात खुल्ला नै रहेको छ ।
जिल्लामा सीमा खोल्न आन्दोलन सुरु भएपछि नै जिल्ला प्रशासन कार्यालयले सीमा खोल्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिसकेको सलाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
उनका अनुसार सबै कुरा सामान्य अवस्थामा फर्किँदा सीमा बन्द गर्नुपर्ने औचित्य नभएको भन्दै गृहमन्त्रालयमा पत्र पठाइसकेका छौं । हालसम्म उताबाट कुनै जवाफ आउन नसकेकोले सीमा खोल्न नमिलेको उनको भनाइ छ । टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर