Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

छोरी शिक्षा विमा प्रतिको आकर्षण बढदै २ महिनामा १३ जनाले गराए दर्ता

प्रतिक्षा खबर
२०७९ आश्विन ११, मंगलवार ०९:३२

जनकपुरधाम, असोज ११ । मधेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालन गरेको महत्वाकांक्षी योजना छोरी शिक्षा विमा प्रति पछिल्लो समयमा जनआकर्षण बढदै गएको छ ।
मधेश प्रदेश सरकार शिक्षा निर्देशनालय अन्तर्गत संचालनमा रहेको छोरी शिक्षा विमा कार्यक्रम चालु आर्थिक वर्ष दे्खी अनलाइन दर्ता प्रणालीमा गए पछि जनआकर्षण बढेको शिक्षा निर्देशक चुडामणी फुयालले बताउनु भएको छ ।
२०७८ माघ १ पछि मधेश प्रदेशमा जन्मेका छोरीहरुको ३ लाखको शिक्षा विमा प्रदेश सरकारले शुरु गरे पछि अभिभावकहरु धमाधम अनलाइन मार्फत दर्ता गराउन थालेका छन । पछिल्लो २ महिनामा १३ सय भन्दा बढीले अनलाइन मार्फत दर्ता गराइ सकेको निर्देशक फुयालले बताउनु भयो ।
छोरीहरुको लागि आकर्षक कार्यक्रमको रुपमा रहेको विमामा सर्वसाधारणहरुको पहुँचलाई बढाउनका लागी सहयोग गरि दिन निर्देशक फुयालले मधेश प्रदेश अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, शिक्षा सेवी, समाजसेवी लगायतका अगुवाहरुमा आग्रह समेत गर्नु भएको छ ।
विमाका लागी छोरीको जन्मदर्ता, आमा र बुवाको नागरिकता, बच्चा र अभिभाावकको पासपोर्ट साइजको फोटोे, वडाको सिफारिस पत्र लगायतको कागजात सहित अनलाइन मार्फत दर्ता गर्न सकिने निर्देशक फुयालले बताउनु भएको छ ।
# फाइल तस्वीर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर