• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशी जनताले अझै धेरै अधिकार पाउन बाँकी छन् : उपेन्द्र यादव।


मधेशी जनताले अझै धेरै अधिकार पाउन बाँकी छन् : उपेन्द्र यादव।

ओम प्रकाश यादव
कार्तिक २६ गते, रौतहट।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनता अझै धेरै हक र अधिकार पाउन बाँकी रहेको बताएका छन् ।

मधेशीले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, प्रतिनिधित्व, अवसर, आफ्ना शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरुको संघर्ष जारी नै रहने अध्यक्ष यादवले बताए।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढिमाई नगरपालिका -८ विरनगरामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

राज्यले सधैं मधेश र मधेशी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको तथा मधेशी जनता अझै अधिकारसम्पन्न हुन् नसकेको उनले बताए ।

देशको आधीभन्दा बढि जनसंख्या मधेश प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिदा विकाशमा मधेश पछाडि परेको उनले बताए।

मधेशमा लगभग ५४ प्रतिशत जनसंख्या भएपनि शासक वर्गले १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेशमा सोचे जस्तो विकास हुन् नसकेको उनको भनाइ थियो।

१२ प्रतिशत मात्र बजेटले ५४ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशको कसरी विकास हुन्छ भन्दै उनले प्रश्न गरे ।

मधेश र मधेशी जनता सधैं शासक वर्गको गुलाम बनिरहोस्, मधेशमा विकास नहोस भन्ने उद्देश्यले नै राज्यले मधेशमा लगानी गर्न नचाहेको उनले टिप्पणी गरे ।

मधेशी जनताले मधेशबाट कांग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म मधेशीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछाडि परेको बताएका छन् ।

मधेशीमाथि सधैं दमनशोषण गर्ने शासक वर्गलाई परास्त नगरेसम्म मधेश र मधेशी जनताले कहिल्यै अधिकार पाउन नसक्ने भएको हुँदा आफना अधिकार एवं पहिचानका लागि आउँदो निर्वाचनमा जसपाका उम्मेदवारहरुलाई जिताउन अध्यक्ष यादवले सबैलाई आग्रह गरे ।

शासक वर्गले मधेशलाई सधै उपेक्षा गर्दै आएकोले मधेशमा सोचे जस्तो विकास हुन नसक्दा मधेशका जिल्लाहरु चरम गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेको उनले बताए ।

शासक वर्गकै कारण रौतहट जिल्ला शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत सबै कार्यमा देशमै सबैभन्दा पछाडि पर्नु विडम्बना रहेको उनले बताए । पटक पटक सत्तामा पुगेर देशको नेतृत्व गरेका नेकपा एमाले, कांग्रेस, माओवादी लगायतका दलले कम लगानी गरेकै कारण रौतहटमा गरिवी, बेरोजगारी, अशिक्षा बढनुकासाथै आर्थिक, सामाजिक, शिक्षा र स्वास्थ्यको दृष्टिकोणले यो जिल्ला पछाडि परेको उनले बताए ।

शासक वर्गले मधेशी, जनजाति, आदिवासी, थारु, अल्पसंख्यक, मुस्लिम लगायत समुदायलाई अधिकार दिन नचाहेको र पटक पटक भेदभावसमेत गर्दै आएकोले आउँदो निर्वाचनमा मधेशलाई अधिकार दिन नचाहनेलाई आफ् ना अमूल्य मत नदिन उनले सबैलाई आग्रह गरे ।

शासक वर्गले अधिकार, विकास र समृद्धिको नाममा पटक पटक मधेशीलाई ठग्ने काम मात्र गरेकोले मधेशी जनताले उनीहरुलाई अब राम्ररी सवक सिकाउने बेला आएको उनले टिप्पणी गरे ।

मधेशीको भोटबाट जितेर सत्तामा पुगेपछि शासक वर्गले मधेशीको माग र मुद्दा विर्सिने गरेका कारण ती शासक वर्गलाई चुनावमा साथ नदिन उनले सबैलाई आग्रह गरे । मधेशले कहिले राजालाई त कहिले कांग्रेस, कम्युनिष्ट, राप्रपासमेतलाई विश्वास गरी जिताए तर तिनैलै नै मधेशीको हक अधिकार कुण्ठित गरेको उनले आरोप लगाए । दुधको साक्षी बिरालोलाई राख्नु नै ठूलो भुल भएको र अब सो गल्तीलाई सुधार्दै मधेश र मधेशी जनताको एक मात्र पार्टी जनता समाजवादी पार्टी नेपाललाई नै जिताउन उनले अनुरोध गरे ।

मधेशी जनताको हक अधिकार र पहिचानका लागि सधै लड्दै आएको एक मात्र पार्टी जसपा नेपाल बाहेक अरु कुनै पनि दलले मधेशीलाई मुक्ति दिलाउन नसक्ने उनले दावी गरे ।

विगतमा भएका मधेश जनविद्रोहबाट मधेशी जनताले केही अधिकार प्राप्त गरेको र अझै धेरै अधिकार पाउन बाँकी नै रहेकोले बाँकी अधिकारका लागि आफूहरुको संघर्ष जारी नै रहेको उनले बताए ।

कांग्रेस, एमाले र माओवादीका कारण देश अहिले चरम गरिवीको चपेटामा परेको उनले आरोप लगाए।

लोकतन्त्र स्थापना भएको ३५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएपनि कांग्रेस र कम्युनिष्टले देश बनाउन नसकेको उनले बताए ।

कांग्रेस र कम्युनिष्टले देशमा विकास गर्नुको सट्टा लुटतन्त्रमा लागेका कारण देश आज चरम गरिवीको भुमरीमा फसेको उनले टिप्पणी गरे ।

जनतालाई मालिक बनाउन लोकतन्त्र आएको भएपनि यी कांग्रेस र कम्युनिष्टले मिलेर देश र जनतालाई कङ्गाल बनाइदिएको उनले बताए ।

उनले भने, यही हालत रह्यो भने नेपाल विश्वकै कङ्गाल देश बन्ने छन ।, लुटतन्त्रलाई रोक्न र देशलाई अझै कङ्गाल हुन् नदिन संघर्षको आवस्यकता रहेको उनले औँल्याए।

रौतहट देशमै सबभन्दा पछाडि पर्नुको जिम्मा कांग्रेस र कम्युनिष्टले लिनुपर्ने समेत उनले बताए।

देशमा संघीयता आएको भएपनि संघीयता पूर्ण रूपमा लागू हुन् नसक्दा मधेशी जनता अझै धेरै अधिकार पाउनबाट वञ्चित रहेको उनले बताए ।

लामोसमय देखि सत्ताको बागडोर सम्हाल्दै आएका कांग्रेस र कम्युनिष्टले देशमा लुटतन्त्र मचाउनु बाहेक अरु केही गर्न नसकेको उनले बताए।

कांग्रेस र कम्युनिष्टले देशको नेतृत्व गरेदेखि नै देशमा भएका सबै उद्योग, कलकारखाना बन्द भएर देश चरम गरिबी र बेरोजगारीको चपेटामा परेका कारण देश चलाउन अब कांग्रेस एवं कम्युनिष्टले पूर्ण रूपमा असफल भइसकेको उनले बताए।

अब जनता समाजवादी पार्टी नेपालले मात्र देश बनाउन सक्ने र मधेशी जनताको बाँकी हक अधिकार दिलाउन सक्ने भएको हुँदा अबको निर्वाचनमा जसपा नेपाललाई बहुमत दिएर निर्वाचित गराउन उनले सबैलाई आग्रह गरे ।

जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यतामा सम्पन्न भएको कार्यक्रममा जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्का पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, पार्टीका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रदेशका पूर्व राज्य मन्त्री शेख फूलबाबु, प्रदेश सांसद शोभा देवी, किरण ठाकुर, युवा नेता राजकुमार दास लगायतका वक्ताहरुले आआफ्ना मन्तव्य राखेका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

२६ कार्तिक २०८१, सोमबार
अन्तर्राष्ट्रिय

रामगाेपालपुर नगरपालिकाकाे प्राथामिक स्वास्थ्य उपचार केन्द्रको मुख्यगेट भाँच्चिदा ३ वालक घाईते

२६ कार्तिक २०८१, सोमबार
अन्तर्राष्ट्रिय

मोदीसँग रवि र बालेनको फोन संवाद

२६ कार्तिक २०८१, सोमबार
महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

महोत्तरी–४ मा जसपा नेपालको चुनावी समीक्षा तथा धन्यवाद कार्यक्रम सम्पन्न

२६ कार्तिक २०८१, सोमबार
Next Post
रामगोपालपुर नगरपालिकाकाे उप निर्वाचनमा जसपा नेपालको लहर, वडा अध्यक्षकाे उमेदवारसंगै जसपा नेपालका नेताहरु घरदैलोमा

रामगोपालपुर नगरपालिकाकाे उप निर्वाचनमा जसपा नेपालको लहर, वडा अध्यक्षकाे उमेदवारसंगै जसपा नेपालका नेताहरु घरदैलोमा

मधेसी समुदायलाई विभेद र उपेक्षा गर्ने राज्यको नीति अझै कायमै छ : उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh