Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

इजरायल भर्सेस इरान : कसको शक्ति कति ?

प्रतिक्षा खबर
२०८१ कार्तिक १०, शनिबार २०:२५

काठमाडौँ । गत १३ अप्रिलको रातमा इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्वमा तनावको जोखिम थप बढेको छ । इरानको आक्रमणबाट  इजरायललाई कुनै ठुलो क्षति त भएन, तर उसले हानेको ३०० भन्दा बढी मिसाइलले सुदूरका ठाउँमा आक्रमण गर्ने उसको क्षमतालाई उजागर गरेको छ ।

2d171960-fd9f-11ee-a1bf-5ffd63527e26.png

त्यसपछि अक्टोबर १ मा इरानले अर्को मिसाइल आक्रमण गर्‍यो । उक्त हमलामा इरानले इजरायलमा २ सय ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यसको जवाफमा इजरायलले शनिबार इरानको सैन्य ठेगानामा आक्रमण गरेको छ। आक्रमणको विस्तृत विवरण आउन बाँकी नै छ ।

गाजामा इजरायल पहिलादेखि नै युद्धरत छ । लेबनानको सीमा पारबाट हिजबुल्लाहको आक्रमणको पनि सामना गरिरहेको छ । त्यसैले यो हमलाका कारण अवस्था थप गम्भीर बनेको छ ।

c6a306a0-fd83-11ee-840b-33897d3bc04d.jpg

  • इरान वा इजरायलः सैन्य शक्तिमा को अगाडि ?

धेरै स्रोतबाट इरान र इजरायलमध्ये कसको सैन्य क्षमता बलियो छ भनेर अनुसन्धान गर्ने प्रयास गरेको थियो । यद्यपि यी देशहरूले आफ्ना केही सैन्य क्षमताहरू गोप्य राखेका हुन सक्छन् । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजले दुई देशका हतियार, मिसाइल र आक्रमण बलको तुलना गरेको छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट जस्ता केही अन्य संस्थाहरूले पनि देशहरूको सैन्य क्षमताको मूल्याङ्कन गर्छन् । तर आफ्नो सैन्य क्षमताको तथ्याङ्क सार्वजनिक नगर्ने देशहरूको सही मूल्याङ्कन गर्न गाह्रो छ । पिस रिसर्च इन्स्टिच्युट ओस्लोका निकोलस मार्सले चाहिँ सैन्य क्षमताको मूल्याङ्कन गर्ने सन्दर्भमा आईआईएसएसलाई बेन्चमार्क भनेका छन् । आईआईएसएसका अनुसार इजरायलको रक्षा बजेट इरानको भन्दा सात गुणा बढी छ । यसले कुनै पनि सम्भावित द्वन्द्वमा कसको पल्ला भारी छ भन्ने देखाउँछ । आईआईएसएसका अनुसार २०२२ र २०२३ मा इरानको रक्षा बजेट ७ अर्ब ४० करोड डलर थियो । उता, इजरायलको रक्षा बजेट करिब १९ अर्ब डलर थियो ।

Ratopati Games

d

  • प्रविधिमा को छ अगाडि ?

आईआईएसएस डाटाका अनुसार इजरायलसँग आक्रमणका लागि ३४० फाइटर प्लेनहरू तयार छन् । इजरायल सटीक आक्रमण गर्न पनि बलियो स्थितिमा छ । इजरायलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने एफ–१५ विमान पनि छ । इजरायलसँग राडारलाई चकित पार्न सक्ने स्टेल्थ एफ–३५ लडाकु विमानहरू छन् ।

a03863d0-fd82-11ee-8369-47dc4454b972.jpg

उसँग द्रुत गतिमा आक्रमण गर्न सक्ने हेलिकप्टर पनि छ । इरानसँग ३२० लडाकु विमान रहेको आईआईएसएसको अनुमान छ । ऊसँग सन् १९६० को दशकको  एफ–४एस, एफ–१४ उस जस्ता लडाकु विमान पनि छन् । तर पीआरआईओका निकोलस मार्स चाहिँ मर्मत पार्टपुर्जा पाउन धेरै गाह्रो नभएकोले यी पुराना विमानहरू कति उडान गर्न योग्य छन् भन्ने स्पष्ट नभएको बताउँछन् ।

  • आइरन डोम र एरो प्रणाली

इजरायलको सेनाको मेरुदण्ड यसको आइरन डोम र एरो प्रणाली हो । मिसाइल इन्जिनियर उजी रहमान देशको रक्षा मन्त्रालय अन्तर्गत इजरायल मिसाइल रक्षा संगठनका संस्थापक हुन् ।

6cd89360-fd83-11ee-840b-33897d3bc04d.jpg

आइरन डोम र इजरायलका सहयोगीहरूले मिलेर इरानले प्रहार गरेको क्षेप्यास्त्र र ड्रोनलाई असफल पारेको जेरुसेलम इन्स्टिच्युट फर स्ट्राटेजी एन्ड सेक्युरिटीका वरिष्ठ अनुसन्धानकर्ता रहमानले बीबीसीलाई भने । ‘म धेरै खुसी र सन्तुष्ट थिएँ । यो लक्ष्यमा प्रहार गर्न एकदमै सही छ । यसमा छोटो दूरीको क्षेप्यास्त्र प्रतिरक्षा छ । यस्तो अरू कुनै प्रणालीमा छैन ।’ उनले भने ।

  • इजरायलबाट कति टाढा छ इरान ?

इजरायल इरानबाट २१ सय किलोमिटरको दुरीमा छ । इजरायलले इरानमाथि हमला गर्ने हो भने क्षेप्यास्त्रको सहारा लिनुपर्ने डिफेन्स आईका सम्पादक टिम रिप्लेले बीबीसीलाई भने । इरानको मिसाइल कार्यक्रमलाई मध्यपूर्वमा सबैभन्दा ठुलो र सबैभन्दा विविध मिसाइल परियोजना मानिन्छ । अमेरिकी केन्द्रीय कमान्डका जनरल केनेथ म्याकेन्जीले २०२२ मा इरानसँग ३००० भन्दा बढी ब्यालिस्टिक मिसाइल रहेको बताएका थिए । सीएसआईएस मिसाइल डिफेन्स प्रोजेक्टका अनुसार इजरायलले धेरै देशहरूमा मिसाइल पनि निर्यात गर्दछ ।

39f9f220-fd8a-11ee-b836-9df2c13fa17d.jpg

  • इरानको मिसाइल र ड्रोन

इरानले आफ्नो मिसाइल प्रणाली र ड्रोनमा धेरै काम गरेको छ । विशेष गरी छिमेकी देश इराकसँग सन् १९८० देखि १९८८ सम्मको युद्धमा उनले यसमाथि काम सुरु गरेका थियो । यसले छोटो दूरीका क्षेप्यास्त्र र ड्रोनहरू विकास गरेको छ । इजरायलमा हालैका आक्रमणहरूमा यस्तै मिसाइल र ड्रोन प्रयोग गरिएको थियो । साउदी अरेबियामा हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्रहरूको अध्ययन गर्ने विश्लेषकहरूले ती इरानमा बनेको बताएका छन् ।

  • लामो दूरीको आक्रमण विधि

इजरायलले इरानसँग जमिन युद्ध लड्ने सम्भावना निकै कम भएको डिफेन्स आइजका टिम रिप्ले भन्छन् । । इजरायलको तागत यसको वायुसेना क्षमता र निर्देशित हतियार हो । त्यसैले ऊसँग इरानको महत्त्वपूर्ण निशानामा हवाई हमला गर्ने पूर्ण क्षमता भएको उनी बताउँछन् ।

22cd9480-fd85-11ee-a02d-79565b2a6a60.jpg

रिप्ले भन्छन्, ‘इजरायलले यस्ता आक्रमणहरू मार्फत प्रमुख इरानी अधिकारीहरू र तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गर्ने सम्भावना बढी छ ।’ उनी भन्छन्, ‘चोट त्यहाँ लगाउनु, जहाँ सबैभन्दा धेरै पीडा हुन्छ । इजरायली सेनाका अधिकारी र नेताहरूले हरेक समय यो नीति प्रयोग गरिरहेका छन् । यो उनीहरूको युद्ध सिद्धान्तको हिस्सा पनि हो । अर्थात् उनीहरू आफ्ना विरोधीहरूलाई यति चोट पुर्‍याउन चाहन्छन् कि इजरायलमाथि हमला गर्नु अघि कम्तीमा दुई पटक अवश्य सोचुन् ।’

यसअघि पनि इजरायली आक्रमणमा कैयौँ उच्च तहका सेना अधिकारी र राजनीतिक नेता मारिएका छन् । यी आक्रमणहरूमा अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा भएको आक्रमण पनि समावेश छ । यो हमलापछि इरानले इजरायलमाथि आक्रमण गर्न थालेको छ । तर इजरायलले प्रमुख इरानी नागरिक र सैन्य अधिकारीहरूमा भएको आक्रमणको जिम्मेवारी कहिल्यै लिएको छैन । तर उनले त्यसलाई अस्वीकार पनि गरेका छैनन् ।

  • नौसेनाको तागत

23a72770-fd8c-11ee-b836-9df2c13fa17d.jpg

आईआईएसएसको खबर अनुसार इरानी नौसेनाको आधुनिकीकरण भएको छैन । तर उसँग २२० जहाज छ । इजरायलसँग करिब ६० वटा यस्ता जहाज छन् ।

  • साइबर आक्रमण

साइबर हमलाहरू भए भने इजरायलले धेरै नोक्सान बेहोर्नु पर्ने हुन सक्नेछ । किनभने इरानको रक्षा प्रणाली प्रविधिको हिसाबले धेरै विकसित छैन । त्यसैले इजरायलको सेनामाथि साइबर हमला भएमा इरानले ठुलो फाइदा लिन सक्छ । इजरायली सरकारको राष्ट्रिय साइबर निर्देशालयले साइबर आक्रमणको तीव्रता पहिलेको भन्दा बढी हुन सक्ने बताएको छ । युद्धका क्रममा इरान र हिजबुल्लाहबिचको सहकार्य बलियो भएकोले साइबर आक्रमण तीन गुणा छिटो हुन सक्ने र हरेक इजरायली क्षेत्रमाथि आक्रमण गर्न सकिने उनको भनाइ छ ।

80641c30-fd8b-11ee-97f7-e98b193ef1b8.jpg

यसको प्रतिवेदन अनुसार अक्टोबर ७ देखि २०२३ को अन्त्यसम्म ३ हजार ३८० साइबर आक्रमण भएका छन् । इरानको सिभिल डिफेन्स अर्गनाइजेसनका ब्रिगेडियर जनरल गुलामरेजा जलालीले हालैको संसदीय चुनावअघि इरानले २०० साइबर हमलालाई असफल पारेको बताएका थिए । डिसेम्बरमा इरानका पेट्रोल मन्त्री जावेद ओज्जीले साइबर आक्रमणका कारण देशभरका पेट्रोल पम्पहरूमा समस्या भएको बताएका थिए ।

  • आणविक खतरा

91d52a70-fd88-11ee-8369-47dc4454b972.jpg

इजरायलसँग आणविक हतियार रहेको विश्वास गरिन्छ तर त्यसको बारेमा स्पष्ट जानकारी दिन ऊ अहिलेसम्म बचिरहेको छ । इरानसँग आणविक हतियार हुने सम्भावना कम छ । उनीमाथि यस्तो हतियार बनाउन खोजेको आरोप छ । तर उसले यसलाई अस्वीकार गर्दै आएको छ ।

  • भूगोल र जनसाङ्ख्यिक

क्षेत्रफलको हिसाबले इरान इजरायलभन्दा धेरै ठुलो देश हो । इरानको जनसङ्ख्या ८ करोड ९० लाख छ । इजरायलको जनसङ्ख्या १ करोड छ । इरानी सैनिकको सङ्ख्या पनि इजरायली सैनिकको भन्दा ६ गुणा बढी छ । आईआईएसएसका अनुसार इरानको सेनामा ६ लाख सक्रिय सैनिक छन् भने इजरायलमा १ लाख ७० हजार सक्रिय सैनिक छन् ।

f8155450-fe45-11ee-97f7-e98b193ef1b8.png

  • इजरायल र इरानबिच छाया युद्ध

इरान र इजरायलबिच अहिलेसम्म आमनेसामने युद्ध भएको छैन । इजरायलले अन्य देशहरूमा इरानका धेरै प्रमुख सैन्य र राजनीतिक नेताहरूलाई निशाना बनाएको छ । यस्ता आक्रमण इरानमा पनि भएका छन् । इजरायलमाथि यी आक्रमणको आरोप लगाइएको छ  । जबकि इरानले परोक्ष युद्धमार्फत इजरायललाई निशाना बनाउँदै आएको छ । चरमपन्थी संगठन हिजबुल्लाह इरानको तर्फबाट इजरायल र लेबनानसँग छाया युद्ध लडिरहेको छ । इरानले हिजबुल्लाहलाई समर्थन गरेको अस्वीकार गरेको छैन । उसले गाजामा हमासलाई पनि समर्थन गरेको छ । इरानले हमासलाई हतियार, गोलाबारुद र तालिम उपलब्ध गराएको विश्वास इजरायल र पश्चिमी देशहरू गर्छन् ।

c43db050-fd8c-11ee-b836-9df2c13fa17d.jpg

यमनका हुथी विद्रोहीहरू इरानको तर्फबाट छाया युद्ध लड्न जान्छन्, साउदी अरेबियाले उनीहरूमाथि आक्रमण गरेको मिसाइल इरानमा बनेको बताएको छ । इराक र सिरियामा इरान समर्थक संगठनहरूको ठुलो प्रभाव छ । इरानले सिरियाली सरकारलाई समर्थन गर्छ । इजरायलमाथि आक्रमण गर्न सिरियाली भूमि प्रयोग गरिएको पनि भनिन्छ ।

 बीबीसी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर