Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

केजरीवाल र सिसोदिया पराजित, २७ वर्षपछि दिल्लीमा भाजपा सरकार बन्ने

प्रतिक्षा खबर
२०८१ माघ २६, शनिबार १७:०८

२६ माघ, काठमाडौं । २७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ।

आम आदमी पार्टी (आप) ले पनि २ सिट जितेको छ भने २० सिटमा अग्रता लिएको छ, जसको कुल संख्या २२ पुगेको छ। कांग्रेसले कुनै सिट जित्न सकेको छैन।

यो नतिजाले ठूलो राजनीतिक परिवर्तन देखाएको छ । आपका नेता अरविन्द केजरीवाल नयाँ दिल्लीबाट पराजित भएका छन् भने मनीष सिसोदिया पनि जंगपुरामा पराजित भएका छन्।

तर, मुख्यमन्त्री आतिशी कालकाजीबाट विजयी भएकी छन्। अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।

यसैबीच, केजरीवाललाई हराउने भाजपा उम्मेदवार प्रवेश वर्मा अमित शाहलाई भेट्न पुगेका छन्।

दिल्लीमा भाजपा मुख्यालयमा विजयोत्सव मनाइरहेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूलाई सम्बोधन गर्नेछन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर