Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली–देउवाको तयारी

प्रतिक्षा खबर
२०८१ कार्तिक ६, मंगलवार १४:१९

रामगाेपालपुर,५ कार्तिक । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ। अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन्

मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको हो । तर, अहिले सरकारसँग जनमतको सम्बन्ध बिग्रिँदो छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समेत सरकारविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन् ।

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेलगत्तै राउतले सरकारविरुद्ध असन्तुष्टि पोखेका थिए । उनले राज्यले लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट बनेका छन् । राउतले हिजोमात्रै पार्टीको सचिवालय बैठकमार्फत सरकारविरुद्ध देशव्यापी आन्दोलन छेड्ने घोषणा गरेका छन् ।

राउतको यस्तो निर्णयपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मधेश सरकारको नेतृत्व फेर्ने गृहकार्य थालेको बालुवाटरनिकट उच्च स्रोतको दाबी छ । कतिपयले मधेश सरकारको नेतृत्व कसले लिने भन्नेबारे कांग्रेस र एमालेबीच छलफल भएको छ ।हिजोको बालुवाटारको भेटवार्तामापनि यो विषयमा छलफल भएको बताईन्छ ।

प्रधानमन्त्री ओली मधेश सरकारको नेतृत्व उपेन्द्र यादवको दललाई दिनपनि राजी भएको बुझिएको छ । अहिले उपेन्द्र यादव केन्द्र सरकारकै पक्षमा छन् । उनले सरकारलाई विश्वासको मत दिएका छन् । तर, केन्द्र सरकारमा सहभागी छैनन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर