Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

२ बर्षदेखि बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक प्रिन्सिपल प्रहरीको फन्दामा

प्रतिक्षा खबर
२०७७ मंसिर १४, आईतवार २१:१४

कपिलवस्तु : कपिलवस्तुमा बालिकामाथि यौन दुर्व्यवहार गर्ने एक प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धभुमी नगरपालिका वडा नंं. १० भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मङ्गलवार पक्राउ गरेको थियो ।
जिल्ला सदरमुकाम तौलिहवा बस्दै आएका हुसेनलाई स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिङ्गे लाई खबर गरेका थिए । गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन दुर्व्यवहारको विषयमा थप अनुसन्धान भएको बताएका छन् ।
प्रहरीका अनुसार हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्ष की वालिका माथि यौनजन्य दुर्व्यवहार गरेका थिए । हाल एक वालिका माथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटनाको पुरा विवरण थप अनुसन्धान पछि पत्ता लाग्ने प्रहरीको भनाई थियो । प्रिन्सिपलले बालिकाहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर नग्न बनाएर सुत्न लगाउने , यौन अङ्गहरू चलाउने र आफ्ना यौन अङ्ग चलाउन लगाउने गर्दै आएका पीडित बालिकाले बताएका छन् ।
कपिलवस्तु नगरपालिका बस्ने ११ वर्षकी वालिका पढ्नका लागी सोमवार विद्यालयमा पुगेकी थिइन । पिन्सिपलले यौन दुर्व्यवहार गरे डराएकी ती वालिकाले शनिवार मात्र आफ्ना आमा सँग घटनाको बारेमा बताएकी थिइन । बुवा आमाले थाहा पाए पछि प्रिन्सिपलको कर्तुत बाहिर आएको थियो । उनीमाथि कक्षा २ मा पढ्दै गर्दाबाट प्रिन्सिपल हुसैनले दुर्व्यवहार गर्दै आएका थिए । घटना लुकाउनका लागी हुसेनले बालिकाहरूलाई डर त्रास समेत देखाउँदै आएका थिए । आँखामा पट्टी लगाएर कार्यालयको ढोका र झ्याल बन्द गरी कक्षा २ मा पढ्दा देखी कपडा खोल्न लगाई यौन दुर्व्यवहार गरेको पीडित वालिकाले बताइन

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर