Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रदेश २ सरकारले विभिन्न ठाउँमा क्वारेन्टाईन संचालनमा ल्याएयाे

प्रतिक्षा खबर
२०७६ चैत्र १२, बुधबार ०८:४८

जनकपुरधाम, विश्वभरि नै महामारीका रुप लिइसकेका कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप प्रदेश २ सरकारले विभिन्न ठाउँमा क्वारेन्टाईन संचालनमा ल्याएको छ ।
मंगलवार समाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि मन्त्री साहकै अध्यक्षतामा कोभिड १९ व्यवस्थापनि समिति गठन गरिएको ।
त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुका लागि बिरगंजमा केडिया डेन्टल कलेज, गौरमा गौर नर्सिंग इन्स्टिच्यूट, होटल सिया पैलेश र धनुषामा मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा क्वारेन्टाइन तयार भई मंगलवारदेखि नै संचालनमा ल्याउने निर्णय गरिएको जनाइएको छ ।
सप्तरीको रुपनी प्रहरी अस्पताल र जनकपुरधाम स्थित मणिपाल मेडिकल कलेज भवनमा बुधवारदेखि अन्य स्थानमा आवश्यकता अनुसार क्वारेन्टाईन केन्द्रहरु सम्भाव्यता अध्ययन गर्र्दै संचालनमा ल्याउने भएको छ ।
बैैठकबाट विभिन्न ८ बुंदे गरिएको निर्णय मध्ये कोरोना भाइरस रोगीको उपचारका लागि बिरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामको जानकी मेडिकल कलेजको सिटी अस्पताललाई विशेषज्ञ अस्पताल तोकियो छ भने सबै जिल्ला अस्पतालमा १० बेडको ट्रान्जिट आइसोलेशन वार्ड तयार गरी संचालनमा ल्याउने भएको छ

कोरोना भाइरस संकास्पद व्यक्ति, रोगीहरुलाई एम्बुलेन्स सेवा तथा क्वारेन्टाइन र अस्पतालहरुमा सुरक्षाको व्यस्थापन गर्न जिल्ला प्रशासन कार्यालयलाई र चेकजाँच तथा उपचार सम्बन्धी आवश्यक उपकरण औषधी सामाग्रीका लागि विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुलाई अनुरोध गर्ने निर्णय समेत गरियो ।
यसका साथै कोरोना भाइरस चेकजाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई तादरुकताका साथ काम गर्ने र विभिन्न क्वारेन्टाईन तथा अस्पतालहरुलाई आवश्यक पर्ने सम्पूर्ण औषधि, उपकरण सामाग्री आपूर्ति प्रदेश स्वास्थ्य आपूति व्यवस्थापन केन्द्रले उपलब्ध गराउने निर्णय पनि गरियो ।

सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको विशेष उपस्थिति तथा मध्यपुर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न अन्तराष्ट्रिय संघ संस्था तथा सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर