Advertisement
ताजा खबर

पत्रकार महासंघले बोलायो जिल्ला तथा प्रदेश अध्यक्षको भेला, १२ गते तोकिएको निर्वाचन नहुने

प्रतिक्षा खबर
२०८१ आश्विन ९, बुधबार २१:२४

काठमाडौँ । नेपाल पत्रकार महासंघले जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएको छ ।

केन्द्रीय समिति, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूको परामर्श भेला भौतिक तथा भर्चुअल माध्यमबाट भएको बैठकले असोज १९ गतेका जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

यस्तै महासंघ असोज १२ गते तोकिएको निर्वाचन  हुन नसक्ने परिस्थिति सिर्जना भएको जनाएको छ । १९ गतेका जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएसँगै १२ गते तोकिएको निर्वाचन  नहुने भएको हो ।

यस्तै सदस्यता विवाद समाधान गर्नका लागि पूर्वअध्यहरूलाई आग्रह गरेको छ । सदस्यतामा देखिएको विवादका सन्दर्भमा २७ औँ महाधिवेशनबाट पारित शुद्धीकरण मापदण्डलाई आधार मानी केन्द्रीय समितिलाई दिशानिर्देशसहित विवाद समाधानमा सहजीकरण गर्न महासघका पूर्वसभापति डा. सुरेश आचार्यको संयोजकत्वमा पूर्वसभापतिद्वय तारानाथ दाहाल, विष्णु निष्ठुरी तथा पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, डा. महेन्द्र विष्ट र गोविन्द आचार्यलाई आग्रह गर्ने निर्णय गरिएको छ ।

बैठकले अध्यक्ष विपुल पोख्रेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले दिएको राजीनामालाई अनुमोदन गर्दै उनीहरूले महासंघमा दिएको अमूल्य योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको मंहासंघका महासचिव रोशन पुरीले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर