Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान

प्रतिक्षा खबर
२०८१ मंसिर २१, शुक्रबार १८:१८

इस्लामावाद । पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भएको पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भनेका छन् । माइक्रोब्लगिङ वेबसाइट एक्समा बिहिबार राति गरेको एउटा लामो पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।

पोष्टमा उनले आगामी दिनमा पार्टीको आन्दोलनको रूपरेखाबारे जानकारी दिएका छन् । ‘देशमा निरंकुशतन्त्र स्थापना भएको छ, सरकारी आतंकवादका कारण निर्दाेष र शान्तिप्रिय राजनीतिक कार्यकर्तालाई गोली हानी शहिद बनाइएको छ, हाम्रा हजारौं कार्यकर्ता बेपत्ता भएका छन् । सर्वाेच्च अदालतले अब यसलाई गम्भीरतापूर्वक लिनुपर्छ र आफ्नो संवैधानिक भूमिका निर्वाह गर्नुपर्छ ।’ पोष्टमा भनिएको छ ।

मानवअधिकार उल्लंघन भएको भन्दै  आफूहरू सर्वाेच्च अदालत, लाहोर उच्च न्यायालय र इस्लामाबाद उच्च अदालतमा पुगेको तर अदालतले कुनै कारबाही नगर्दा देश यस्तो अवस्थामा पुगेको पनि उनले बताए । शहिदहरूलाई श्रद्धाजली अर्पण गर्न डिसेम्बर १३ मा पेशावरमा भव्य सभा आयोजना गर्ने र यस भेलामा विपक्षी राजनीतिक दलहरूलाई सहभागी हुन निम्तो दिइने पनि उनले पोष्टमा लेखेका छन् ।

विचारधीन राजनीतिक कैदीको रिहाई र मे ९ र नोभेम्बर २६ मा भएका घटनाहरूको पारदर्शी छानबिनका लागि न्यायिक आयोग गठन गर्न पनि खानले माग गरेका छन् । माग पूरा नभए डिसेम्बर १४ गतेदेखि सविनय अवज्ञा आन्दोलन र बहिस्कार अभियान चलाउने घोषणा गर्ने बताइएको छ ।

नोभेम्बर २६ मा खानको रिहाईको माग गर्दै भएको प्रदर्शनका क्रममा ठूलो संख्यामा पीटीआईका कार्यकर्ता र समर्थकहरूलाई समातेर प्रहरीले कारबाही गरेको थियो । यस घटनापछि पीटीआईले आन्दोलन फिर्ता लिएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर